हिपमत डटकम

सोमबार, जेठ २३, २०७९ || 1417  पटक पढिएको

विराटनगर । मधेशी समुदायमा युवाहरूको पहिलो प्राथमिकता सरकारी जागिर हुन्छ । परिवारले पनि छोरा छोरीले पढेर सरकारी जागीर गरोस् भन्ने अपेक्षा गर्छन् । तर, आम मधेशी युवाको सोचभन्दा भन्दा फरक छन्, मोरङको नवर्षि -५ टकुवाका ई. कमलेश्वर ठाकुर । त्यसैले त उनी २६ बर्षको उमेरमै सहकारी अभियानका होमिए र ‘सहकारी अभियान्ता’ को पहिचाहन बनाउन सफल भए । सहकारी अभियन्तासँगै शिक्षक देखि सामाजिक क्षेत्रमा समेत उनको सक्रियता लोभ लाग्दो छ, जसको कारण ‘कोभिड हिरो’ को रुपमा समेत सम्मानित भएका छन् ।

ठाकुरलाई पनि सरकारी लागिरको लागि पारिवारिक दवाव नआएको भने हैन । तर, उनले त्यो दवावलाई पन्छाएर आफ्नो रुची र चाहना अनुसारको काममा आफुलाई केन्द्रीत गरे । सामाजिक काममा रुची राख्ने र समाजको लागि केही गरेर देखाउने उनको हिम्मतले उनलाई सहकारी संस्थाको नेतृत्वमा स्थापित गरेका हुन् ।

मोरङको रंगेलीमा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्था २०६६ सालमा स्थापना भएको हो । जसको नेतृत्व युवा सहकारी अभियान्ता ठाकुरले गरिरहेका छन् । २४ जना युवाहरुले एक लाख रुपैयाँ लगानी गरेको सुरु भएको सहकारीले एक हजार दुई सय सेयर सदस्यबाट साँढे १३ करोड कारोबार पुर्याएको छ ।

स्थानिय स्तरमा वेरोजगार बसेका र विभिन्न कुलतमा फसेका युवाहरुलाई सामाजिक तथा व्यवसायी काममा सक्रिय गराउन चाहान्थे । त्यसैका लागि जन्मिएको सहकारी अहिले उद्देश्यमा सफल हुँदै गएको छ । सहकारीको कामकै कारण हिजो विश्वास नगरेका बुढापाकाले अहिले ठाकुरलाई विश्वास गर्न थालेका छन् । १२ वर्षमा सहकारीले आफ्नै नाममा चार कठ्ठा जग्गा र भवन निर्माण गर्न सफल भएको छ । सहकारी १५ जनालाई प्रत्यक्ष रोजगारी दिन सफल भएको छ ।

सहकार्य विश्वास

स्थानिय स्तरमा धेरै सहकारी संस्थाहरु संचालनमा भएपनि समुदायमा आधारित रहि स्थानीय व्यक्ति वा समुदायले सञ्चालन गरेका सहकारीमा खासै समस्या नभएको ठाकुरको अनुभव छ । समुदाय भन्दा बाहिरको मानिस आएर सहकारी सञ्चालन गर्दा बढी समस्या देखिएका भन्दै ठाकुर सहकारी अभियानलाई राम्रो बनाउनका लागि स्थानीय सहकारीबीच सहकार्यको आवश्यक्ता रहेको बताउछन् । त्यसैका लागि उनले स्थानिय सहकारीहरु मिलेर कृषि उत्पादनका साथै विभिन्न सेवामुलक काम अघि बढाउने योजना समेत अघि सारेका छन् ।

उत्पादनमा लाग्ने योजना

सद्भाव बचत तथा ऋण सहकारीले केहि समय अगाडिसम्म सुपथ मूल्यको पसल सञ्चालन गरेको थियो । कोरोना कहर आएपछि पसल अहिले बन्द अवस्थामा छ । अहिले सहकारी बचत तथा ऋणको कारोबार मात्र गरिरहेको छ । सहकारी संस्था तथा सहकारीमा काम गर्ने कर्मचारीलाई पनि सक्षम बनाएको ठाकुरले बताए । ‘हाम्रो संस्थामा काम गर्ने कर्मचारी पनि सक्षम हुनुहुन्छ, हामीले उनीहरुलाई मार नपरोस् भनेर आर्थिक रुपमा सक्षम हुनेगरी काम गरेका छौं ।’

अव सहकारीको पैसा उत्पादन क्षेत्रमा लगाउने सोच बनाएको ठाकुरले बताए । कृषि प्रधान देश भएका कारण कृषि क्षेत्रमा नै लगानी गर्ने सोच संस्थाको छ । लघु उद्योग सञ्चालन गर्ने सहकारीको वोर्ड बैठकबाट निर्णय भईसकेको छ । ‘सके एक्लै नसके अन्य सहकारीहरुसँग सहकार्य गरेर काम अघि बढाउने योजनामा छौं’ ठाकुरले भने ।

उत्कृष्ट सञ्चालक सम्मान

प्रारम्भिक सहकारीको नेतृत्वबाट सहकारी अभियानमा होमिएका ठाकुर हाल जिल्ला सहकारी संघ मोरङको सञ्चालक पनि हुन । उनी सहकारीका सदस्यको हरेक दुःख सुःखमा सँगै हुन्छन् । कोभिडको समयमा सामाजिक काममा सक्रिय भएवापत ‘स्टार अफ इयर’ बाट पुरस्कृत पनि भएका उनलाई तत्कालिन डिभिजन कार्यालय मोरङबाट २ पटक उत्कृष्ट सञ्चालकको रुपमा पुरस्कृत समेत गरेको छ । यसैरी ठाकुरले नेतृत्व गरेको संस्थालाई जिल्ला बचत तथा ऋण सहकारी संघले उत्कृष्ट सहकारी संस्थाको रुपमा गत बर्ष मात्रै पुरस्कृत गरेको थियो ।

सफल नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने क्षमता भएका ठाकुर अहिले धेरै सहकारी अभियान्ताहरुको नजरमा पर्छन् । उनका काम र सक्रियता देखेर नै मोरङमा हुने हरेक सहकारी अभियान उनको सहभागिता अनिवार्य जस्तै बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!