हिपमत डटकम

आइतबार, जेठ २२, २०७९ || 262  पटक पढिएको

काठमाडौँ महानगरपालिका–३१ स्थित शंखमुलमा दिनदहाडै खुकुरी प्रहार गरेर भागेका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । २०७८ चैत १० मा खुकुरी प्रहारबाट दोलखाको भीमेश्वर नगरपालिका घर भएका २५ वर्षीय सुरज खड्का घाइते भएका थिए ।

 

सुरजलाई खुकुरी प्रहार गर्ने मुख्य योजनाकार दोलखाको बैत्यश्वर घर भएका ३० वर्षीय विकास तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले रातोपाटीलाई बताए । आरोपी विकास तामाङ जेठ १८ मा बौद्धबाट पक्राउ परेका हुन् ।

सो घटनामा संलग्न ५ जनालाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दोलखा नाम्दु घर भएका ३४ वर्षीय रोशन लामा, भक्तपुरको थिमीमा बस्ने २३ वर्षीय पुकार केसी र सिन्धुपाल्चोक घर भएका प्रवीण नेपाल छन् । रामेछापको मन्थली घर भएका राजेश बुढाथोकी र खाँडादेवी गाउँपालिका घर भएका २७ वर्षका सञ्जीव मोक्तानलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रेमिका खोसेको निहुँमा सुरजमाथि खुकुरी प्रहार भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । शंखमुल स्थित भोटाहिटी फलफूल, जुस तथा जनपकुरी लस्सी पसल अगाडी वा.९३ प २२९ नम्बरको मोटरसाइकल, दुईओटा स्कुटर र ५५४२ नम्बरको मोटरसाइकलमा आएका युवाहरूले सुरजलाई खुकुरी हानेर भागेका थिए । खुकुरी प्रहारबाट उनको बायाँ खुट्टा र टाउकोमा गहिरो चोट लागेको थियो । खुकुरी प्रहारमा संलग्न अनिलराज गिरी अझै फरार छन् । आरोपीहरू विरुद्ध प्रहरी वृत्त बानेश्वरले ज्यान मार्ने उद्योग विरुद्धको कसुरमा मुद्दा चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!