सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रूपैयाँ तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला ९८ हजार ५०० रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ६०० रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ४०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार हजार थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ ले घटेर एक हजार २७५ तोकिएको महासंघले जनाएको छ ।