हिपमत डटकम

शुक्रबार, जेठ २०, २०७९ || 660  पटक पढिएको

नेप्से कारोबारको लागि अन्तिम दिन आज बजार १.६० अंकले घटेको छ। शुक्रबार नेप्से ३३.७६ अंकले घटेर २,०७८.७० बिन्दुमा पुगेको हो।

केही समययता नेप्से लगातार घटिरहेको छ। अघिल्लो दिन पनि नेप्से १८.२६ अंकले घटेर २,११२.४७ विन्दुमा पुगेको थियो।

बजार घटेपनि कारोबार रकममा भने सुधार देखिन थालेको छ। आज कुल २२६ किसिमका धितोपत्र तथा ऋणपत्रको ३८ लाख ४८ हजार ५०८ सेयर किनबेच हुँदा एक अर्ब ३० करोड ७३ लाख ५९ हजार रूपैयाँको कारोबार भएको छ।

अघिल्लो दिन भने २२७ किसिमका धितोपत्र तथा ऋणपत्रको ३५ लाख ६६ हजार ८१९ सेयर किनबेच हुँदा एक अर्ब १६ करोड १५ लाख १४ हजार रूपैयाँ कारोबार भएको थियो।

आज सबैभन्दा धेरै बढ्नेमा उपकार लघुवित्त वित्तीय संस्था रहेको छ। कम्पनीको आज सकारात्मक सर्किट ब्रेक लागेको हो। यसपछि बलेफी हाइड्रोपावरको आज ९.९८ प्रतिशतले बढेको हो। अघिल्लो दिन कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको थियो। आज सबैभन्दा धेरै घट्नेमा किसान लघुवित्त वित्तीय संस्थाको ८.९५ अंकले घटेको हो।

आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये सबैको मूल्य घटेको छ। सबैभन्दा धेरै घट्नेमा ट्रेडिङको २.५६ प्रतिशत, लाइफ इन्स्योरेन्सको २.३४ प्रतिशत र नन लाइफ इन्स्योरेन्सको १.९२ प्रतिशतले घटेको हो।

कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै एनआइसी एसिया बैंकको ६ करोड २३ लाख ५५ हजार रूपैयाँको सेयर कारोबार भएको छ।

यसपछि सिटिजन इनभेस्टमेन्ट ट्रस्टको ४ करोड २ लाख रूपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ८४ लाख १६ हजार रूपैयाँ, अपि पावरको ३ करोड ७१ लाख ५९ हजार रूपैयाँ र नबिल बैंकको ३ करोड ६६ लाख ७४ हजार रूपैयाँको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!