नेपाली बजारमा बिहीवार सुनको मूल्यमा वृद्धि भएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।