हिपमत डटकम

मंगलबार, जेठ १७, २०७९ || 380  पटक पढिएको

काठमाडौं । पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग महत्वपूर्ण भेटवार्ता गरेकी छिन् । दिल्लीमा भएको भेटमा दुई देशको सम्बन्धका बारे कुराकानी भएको सुजाता कोईरालाले हिपमत डटकमलाई बताएकी छिन्।

भेटबारे जानकारी दिदै कोइरालाले दुई देशबीचको सम्बन्धमा केन्द्रित रही कुराकानी भएको बताइन् । उनले दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरिन् ।

भारतमा रहेकी कोइरालाले सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुसँग महत्वपूर्ण कुराकानी गरेकी छिन् । उनले त्यहाँका उद्दोगीव्यवसायीसँग कुराकानी गरेकी छिन् । कोईराला भारतमा आयोजना भएको विभिन्न कार्यक्रमहरुमा समेत सहभागी भएकी थिन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!