बिहिबार, फाल्गुण १५, २०७६ || 833  पटक पढिएको

खोटाङको जन्तेढुङगा गाउँपालिका-१ देविस्थानका २१ बर्षीय आशिष राई मृत फेला परेका छन् । यही फाल्गुन ९ गते साथीहरुसंगै खोटाङ बाह्रपोखरीको वंशीलालघाट झोलुङगे पुल तर्फ घुम्न भनी गएका राई बेलुका सम्म पनी घर फर्की नआई बेपत्ता भएका थिए । बेपत्ता
भएका राईको खोजतलास गरिरहेको प्रहरी र स्थानीयवासीको टोलीले राईलाई जन्तेढुङगा गाउँपालिका-१ कुटिटार स्थित सुनकोशी नदी किनारामा बुधवार दिउँसो साँढे १ बजे मृत अबस्थामा फेला पारेका थिए । बेपत्ता भएको ५ दिन पछी मृत फेला परेका राईको
सम्बन्धमा कानूनी प्रकृया तथा थप अनुसन्धान कार्यको लागि जिल्ला प्रहरी कार्यालय खोटाङबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!