हिपमत डटकम

सोमबार, जेठ १६, २०७९ || 295  पटक पढिएको

तारा एयरको जहाज दुर्घटनामा परेका १४ जनाको शव फेला परेको छ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार जहाजमा सवार २२ मध्ये हालसम्म १४ जनाको शव फेला परेको हो।

‘हालसम्म हाम्रो उद्धार टिमले १४ जनाको शव भेटेको छ। १२ जनाको छरिएको अवस्थामा र २ जनाको चेपिएको अवस्थामा फेला परेको हो, अन्यको खोजी भइरहेको छ’, नागरिक उड्ययान प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता देवचन्द्र लाल कर्णले  जानकारी दिए।

कर्णको अनुसार अन्य खोजी कार्य जारी छ। यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान शंकलन गरी मुचुल्का तयार पारेपछि हेलिकोप्टरबाट पहिले कोवाङ ल्याउने योजना छ।

आइतबार बिहान हराएको जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानो सरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। जहाजलाई यार्सा खोज्न गएका स्थानीयको टोलीले भेट्टाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!