हिपमत डटकम

शनिबार, जेठ १४, २०७९ || 316  पटक पढिएको

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधानलाई कमजोर पार्न चाहने र उल्ट्याउन चाहने प्रवृत्तिलाई स्थानीय निर्वाचनमार्फत जनताले राम्रो जवाफ फर्काएको बताएका छन् । उनले निवर्तमान प्रधानमन्त्री केपी ओली र नेकपा एमालेप्रति लक्षित गर्दै संविधान विरोधी तत्व र प्रवृत्तिलाई जनताले जवाफ दिएको बताएका हुन् ।

‘संविधानलाई कमजोर पार्ने र यो उल्ट्याउन चाहने प्रवृत्ति र तत्वहरूका लागि जनताले निर्वाचनमार्फत राम्रो जवाफ दिएका छन्,’ उनले भने, ‘हामीले हिजो संविधान लोकतन्त्र र राष्ट्रको हितका लागि भनेर दुर्घटनामा जान लागेको संवैधानिक व्यवस्थालाई जोगाउन सिंगो राष्ट्र नै एक भएको अनुभव हामीले गरेका छौं ।

त्यसैले अहिले निर्वाचन प्रक्रियामार्फत नेपाली जनताले लामो संघर्ष र बलिदानपछि बनेको संविधान कार्यान्वयन गर्न तत्परता र उत्साह प्रदर्शन गरेको प्रचण्डको भनाइ छ । ‘यसले विगत ७० वर्ष लामो आन्दोलन र परिवर्तनको रक्षा जनताले गर्छ भन्ने प्रमाणित भएको छ,’ प्रचण्डले प्रतिनिधिसभाको प्रि बजेट छलफलका क्रममा भने ।

यसैगरी, स्थानीय तहको निर्वाचनमा सहभागी बन्न विदेशबाट नेपालीहरूको ओइरो लाग्नुले पनि संविधान जोगाउन जनताको चासो प्रमाणित भएको प्रचण्डले बताए । निर्वाचन सकिएलगत्तै वैदेशिक रोजगारीका लागि विदेशतर्फ जाने लामो लाइनले संविधान रक्षाका लागि नेपालीहरू तत्पर छन् भन्ने सन्देश दिएको उनले बताए ।

यद्यपी, अब कुन राजनीतिक दलले स्थानीय निर्वाचनमा कति सिट जित्यो र कसले कति ल्यायो भन्दा पनि लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अघि बढ्दै जानुपर्ने उनले बताए । ‘राजनीतिक दलको सिट बढ्नु घट्नु निर्वाचन प्रणालीको नियमित प्रक्रिया हो,’ उनले भने, ‘प्रणाली संस्थागत भयो कि भएन, संविधान ट्र्याकमा राखेर गति लिने काम भयो कि भएन भन्ने कुरा ध्यान दिनुपर्ने विषय हो ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!