हिपमत डटकम

शुक्रबार, जेठ १३, २०७९ || 393  पटक पढिएको

बिराटनगर, २०७९ बैशाख १३ गते । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत १ नम्बर प्रदेश प्रहरी कार्यालयको परिसरमा नवनिर्मित पलाञ्चोक भगवती मन्दिरको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

आज बिहान कार्यालयको परिसरमा सम्पन्न एक बिशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि.सी.ले बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो । मन्दिर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि.सी. ले धार्मिक कार्यक्रमहरुले प्रहरीमा भाईचारा, बन्धुत्वको विकास सँगै सदाचार, सदभावको भावनामा बृद्धी भई समाजमा नैतिकता स्थापित हुने कुरामा बिस्वस्त रहेको बनाउनु भयो ।

वाहाले नागरीकको सहयोग बिना प्रहरीले सफलता प्राप्त गर्न नसक्ने हुँनाले सम्पुर्ण पलाञ्चोक भगवति मन्दिर निर्माणमा अतुलनिय सहयोग पुर्‍याउनु हुने दाता महानुभावहरुलाई समेत धन्यवाद दिनुहुदै कदर पत्रले सम्मान समेत गर्नु भयो । कार्यक्रममा मन्दिर निर्माण कार्यमा सहयोगी दाताज्युहरु, प्रहरी उपरीक्षक ज्युहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!