हिपमत डटकम

बिहिबार, जेठ १२, २०७९ || 309  पटक पढिएको

उदयपुर, २०७९ जेठ १२ गते । उदयपुरको कटारी नगरपालिका-७ रिस्कुकी ७० बर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २६ बर्षीय नाती रोहित दनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान ६ बजे हजुरआमा र नाती बिच जग्गा अंश बण्डाको बिषयमा बादबिबाद भई झै-झगडा भएको र रिशको आवेगमा रोहितले मनमायालाई शरिरका बिभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमानै मृत्यु भएको थियो ।

घटना सम्बन्धमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिगई कानुनी प्रकृया पुरा गरी शव परिक्षणको लागी कटारी अस्पताल पठाएको छ भने हत्या आरोपित रोहितलाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!