हिपमत डटकम

बिहिबार, बैशाख २०, २०८१ || 10141  पटक पढिएको

काठमाडौ । जिवनमा केही कुरा गर्न चाहियो भने उमेर छेक्दैन भन्ने कुरा ८६ बर्षिया ज्योती कोइरालाले पुष्टि गर्नु भएको छ। ८६ बर्षको उमेरमा ज्योती कोइरालाले आफ्नो पहिलो सृजना गीतिसंग्रह ‘ ज्योतीको सङ्गालो’ लिएर आउनु भएको छ ।
काठमाडौमा आयोजित एक कार्यक्रम बिच पुर्वमन्त्री परिसद अध्यक्ष खिलराज रेग्मी, बरिस्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला , लोकगायक बम बहादुर कार्कीले गीति सग्रहको बिमोचन गर्नु भएको हो।

पुरानो स्थानीय लयहरु संकलन गरि गाइएको 5 वटा गीतहरु रहेको ‘ ज्योतीको सङ्गालो’मा दीपक शर्माको एकल संगीत रहेको छ। बिन्ध्याबासिनी म्युजिकले बजारमा ल्याएको गीति सङ्ग्रहमा रहेको एउटा गीतको भिडियो पनि निर्माण गरिएको छ।
कार्यक्रममाझ सर्जक ज्योती कोईरालाले गित र सोको भाव बारेमा प्रस्ट पार्नुहुदै ७ दशक अघीको परिवेशलाई यसमा समेटिएको बटाउनुभयो । कार्यक्रममा ज्योती कोईराला र उहाँका श्रीमान ठाकुर प्रसाद कोईरालाले डा. भगवान कोइरालाको अध्यक्षतामा निर्माणाधीन काठमाण्डौ इन्स्टिच्युट अफ चाईल्ड हेल्थ नामक गैर नाफामुलक बाल अस्पतालको निर्माणका लागी पच्चिस लाख सहयोग स्वरुप प्रदान गर्नुभयो ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्नु हुदै सर्जकका पति ठाकुर प्रसाद कोईरालाले ज्योती कोईरालाले विहान बेलुका गुनगुनाउने गरेको पाएको र सो बारे कौतुहलता जागेर बुझ्दा लोपोन्मुख रहेको पाएकाले यसलाई औपचारिकता दिदै गीति संग्रह निकालिएको बताउनु भयो । त्यस्तै लोक गायक बम बहादुर कार्कीले ज्योतीको सङालोमा तिज भाकाका पुराना गितहरु सङ्रहित रहेको र उहा जस्ता ज्येष्ठ नागरिकबाट हाम्रा लोपोन्मुख रहेका गितको जगेर्ना गर्न सकिने बताउनु भयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!