हिपमत डटकम

बिहिबार, बैशाख २०, २०८१ || 11382  पटक पढिएको

विराटनगर ।  साहित्यकार प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा लिखित मनोभिराम मुक्तकसंग्रह विमोचन गरिएको छ ।नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘माार्सेली’, साहित्यकारसमेत रहेका नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, अग्रज साहित्यकार तारानाथ पोखरेललगायतले संयुक्त रुपमा मुक्तकसंग्रहको विमोचन गर्नुभयो । विमोचित मुक्तकसंग्रहको समीक्षा समालोचक भूषण ढुंगेलले गर्नुभएको थियो । उहाँले संग्रहमा लेखकले राजनीतिक र सामाजिक विकृतिलाई सशक्त रुपमा उठाएको बताउनुभयो । पाठकले सबै स्वादका मुक्तक पढ्न पाउने समीक्षक ढुंगेलको भनाइ थियो ।

कार्यक्रममा साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’, मञ्जु घिमिरे दाहाल, रोहिन सैजु, मञ्जुश्री गिरी, नानुमैया दाहाल, मदन भण्डारी, निर्मला कोइराला, राधा भट्टराई, तारानाथ पोखरेललगायतले संग्रहभित्रका मुक्तक वाचन गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथिसमेत रहनुभएका विवश पोखरेलले मुक्तकका पाठक र लेखक बढ्दै गएको दाबी गर्नुभयो । मुक्तक लेखनतर्फ पछिल्लो समय स्रष्टाहरुको आकर्षण बढ्नु खुसीको विषय भएको पोखरेलले बताउनुभयो ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेलले मुक्तक प्रतिष्ठानमा पुस्तक प्रकाशनका लागि कोष स्थापना गर्ने घोषणा गर्नुभयो । त्यसका लागि उहाँले व्यक्तिगत रुपमा १० हजार रुपैयाँमा कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँका अनुसार कोषमा जम्मा भएको रकमबाट मुक्तकसंग्रह प्रकाशित गर्न २० देखि ३० हजार उपलब्ध गराइनेछ । सो रकम ६ महिनासम्म निब्र्याजी चलाउन दिइने उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!