चीन सरकारलाई उपहारस्वरुप दिइएको दुई जोडीमध्ये एक गैँडाको मृत्यु भएको छ ।

गत वर्ष भदौमा सांघाई चाइल्ड एनिमल पार्कमा पठाइएको ‘सोल्टी’ र ‘मितिनी’ गैँडामध्ये सोल्टीको मृत्यु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

सोल्टीको मृत्युपछि मितिनी एक्लिएकी छिन् ।

‘गैडा मृत्यु भएको सामान्य जानकारी मात्र आएको छ,’ विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले भने, ‘यसबारे बुझ्न टोली पठाउने तयारी भएको छ ।

त्यहाँ पुगेर नबुझी मृत्युबारे थप भन्न सकिँदैन ।’ यद्यपि विभागका एक कर्मचारीका अनुसार सोल्टी गैँडाको पेटको समस्याका कारण मृत्यु भएको हो ।

नेपालले ‘सोल्टी’ र ‘मितिनी’ अघि ‘रुपसी’ र ‘भद्र’ नामक जोडी गैडालाई चिमे लङ सफारी पार्कमा पठाएको थियो ।

त्यहाँ पठाइएका अन्य तीन गैँडाको अवस्था भने सामान्य रहेको विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।

नेपाल र चीनबीच वन्यजन्तु संरक्षणमा वैज्ञानिक सहयोग आदानप्रदानका साथै सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले २६ असार २०७३ मा बसेको मन्त्रिपरिषद् बैठकले चीनलाई चीनलाई दुई जोडी एकसिंगे गैँडा उपहार दिने निर्णय गरेको थियो ।

आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!