हिपमत डटकम

बुधबार, जेठ ११, २०७९ || 466  पटक पढिएको

विराटनगर / जहदा गाउँ पालिका प्रमुख (अध्यक्ष) जितेन्द्र साहले बुधवार विहान ११ बजेको समयमा विधिविधान गरी पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहण गरेसँगै उहाँले जहदा गाउँ पालिकामा आर्थिक वर्ष २०७९ /०८० मा निम्न अनुसारका कार्ययोजनामा हस्ताक्षर गरी गाउँ पालिकालाई निर्देशन दिई कार्य सञ्चालन गर्नु भएको हो ।

साहको प्राथमिकतामा रहेको कामहरु मध्ये यी कामहरुलाई प्राथमिकता साथ लागु गर्न निर्देशन दिनु भएको हो । जस्मा पहिलो नम्बरमा छोरी हुने विपन्न तथा दलित महिलालाई सुत्केरी स्याहार खर्च वापत रु. ५ हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने, दोश्रो बुँदामा भौतिक पूर्वाधार र सरसफाई राम्रो भएको विद्यालयलाई वार्षिक रु.५ लाख रुपैयाँ पूर्वाधार निर्माण वापत उपलब्ध गराउने, तेश्रो बुँदामा प्रत्येक स्वास्थ्य चौकीमा महिनामा न्युनतम १ पटक भिजिटिङ्ग डक्टरको माध्यमबाट स्वास्थ्य सेवा पुन्याउने, चौथो बुँदामा मुख्य चौक बजारमा सड़क बत्ती जडान गर्ने त्यसै गरी पाँचौं बुँदामा हाटबजारलाई सडक क्षेत्र भन्दा बाहिर व्यवस्थापन गरी संचालन गर्ने, छैठो बुँदामा महिला स्वयमसेविका अवकास हुँदा रु . ५० हजार रुपैयाँ सुनौलो हातेमालो वापत उपलब्ध गराउने र सातै बुँदामा गरिब पहिचान भएका विपन्न तथा दलित गरिव परिवारलाई रु ३ हजार ५०० को निःशुल्क स्वास्थ्य विमा गराउने निर्णय पुस्तिमाका हस्ताक्षर गरी प्रचलनमा ल्याउन निर्देशन दिनु भएको हो ।

साहको पदस्थापना कार्यक्रममा विभिन्न राजनीतिकर्मी, सुरक्षाकर्मी, शिक्षक, कर्मचारी, संघ संस्थाहरुका प्रतिनिधि तथा विद्यार्थीहरुले साहलाई भव्य स्वागत गरेका थिए ।

साहले पदभार ग्रहण गरेपछि गरेकाे पहिलो निर्णयको पनि सबैले ताली बजाएर स्वागत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!