दक्षिण अफ्रिकाविरुद्ध तीन खेलको टी–२० क्रिकेट सिरिज पाहुना टोली अष्ट्रेलियाले जितेको छ ।
बुधबार राति भएको खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ९७ रनले हरायो । यससँगै सिरिज अष्ट्रेलियाले २–१ ले जित्यो ।
एक सय ९४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १५.३ ओभरमा सवै विकेटको क्षतिमा ९६ रनमा सकेटिएको थियो ।
दक्षिण अफ्रिका लागि रस्सी भानडर दुसेनले २४, हेनरिक क्वालासेनले २२ र डेविड मिलरले १५ रन बनाए । अन्य ब्याट्सम्यानदे दोहोरो अंकको रन जोड्न सकेनन् ।
अष्ट्रेलियाका मिचेल स्टार्क र एस्टन एगरले तीन तीन विकेट लिए । एडम जम्पाले दुई तथा प्याट कमिन्स र मिचेल मार्शले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ९३ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि डेविड वार्नरले ५७ रन बनाए । कप्तान एरोन फिन्चले ५५, स्टिभ स्मिथले अविजित ३०, मिचेल मार्शले १९ र म्याथ्यु वेड १० रन बनाए ।
दक्षिण अफ्रिकाका कागिसो रबाडा, एनरिच नोर्टिज, लुन्गी निग्डी ड्वेन प्रिटियोरस र तरवेज शम्सीले एक एक विकेट लिएका थिए ।
अष्ट्रेलिया पहिलो खेलमा एक सय सात रनले विजयी भएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिका १२ रनले विजयी भएको थियो । एजेन्सी