मंकी पक्स स्मल पक्स अर्थात् बिफरजस्तै तर दुर्लभ रोग हो | यो रोग मंकी पक्स भाइरसबाट लाग्दछ | अफ्रिकी मुलुकमा देखिएको यो रोग हाल अमेरिका, बेलायत, जर्मनी, क्यानडा, अष्ट्रेलिया, स्पेन, पोर्चुगल, फ्रान्स, हल्याण्ड, बेल्जियम, स्वीडेन, इटलीलगायतका देशमा देखिएको छ | यो रोग संक्रमितसंगको संसर्गले एकबाट अर्को व्यक्तिमा सर्दछ | यो दुर्लभ रोगको प्रसारण गति मन्द छ, केहि हप्तामा निको हुन्छ तथा जोखिम धेरै छैन | मंकी पक्सको खोप नभए तापनि बिफरको खोपले ८० % काम गर्दछ | हालसम्म उपरोक्त देशहरुमा ८० जना संक्रमितको पहिचान भएको जनाइएको छ |
सन् १९५८ मा प्रयोगशालामा पहिलोपटक बाँदरमा यो भाइरस देखिएकोले यसलाई मंकी पक्स भनिएको हो | यो जनावरबाट मान्छेमा सर्ने रोग हो |
मंकी पक्स लागेका व्यक्तिको संक्रमणकाल ७ देखि १७ दिनको हुन्छ | हल्का ज्वरो आउनु, टाउको दुख्नु, मांशपेशी दुख्नु, ढाड दुख्नु, ग्रन्थीहरु सुन्निनु, शरीरमा गिर्खाजस्ता बिमिरा आउनु आदि यसका लक्षण छन् | यसको संक्रमणदर न्यून छ भने मृत्युदर निकै कम छ | यसको ठोस उपचार पनि छैन |
यो रोग हाल एसियामा देखिएको छैन। सामान्य रोग भएकोले डर मान्नु पर्दैन।