हिपमत डटकम

आइतबार, जेठ ०८, २०७९ || 436  पटक पढिएको

सिराहामा बाबु छोराको हत्या भएको छ।

अर्नमा गाउँपालिका वडा नम्बर १ महनौरस्थित घरमा आइतबार बिहान करिब ३ बजे बाबु-छोराको हत्या भएको हो।

उनीहरूको शव घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।

घरमा ६० वर्षीय चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमारको हत्या भएको उनले बताए।

प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार सन्तकुमारको जेठ ११ गते विवाह हुन लागेको थियो। तर उनको विवाह हुन नपाउँदै हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

‘धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ,’ उनले भने,‘शरीरका विभिन्न भागमा प्रहार भएको छ।’

प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। तालिमप्राप्त कुकुर सहितको टोली घटनास्थलमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!