हिपमत डटकम

आइतबार, जेठ ०८, २०७९ || 326  पटक पढिएको

काठमाडौं महानगरपालिकाको नतिजा आउन थप एक साता लाग्ने भएको छ ।

एक साता बितिसक्दा आधा मात्र गणना भएको महानगरको मतगणना सम्पन्न हुन अझै एक साता लाग्ने देखिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छिटोभन्दा छिटो मतगणना सम्पन्न गर्न निर्वाचन अधिकृतको कार्यालयलाई पटक-पटक अनुरोध तथा निर्देशन दिएको बताए ।

‘तर मतगणना भइरहेको स्थलमा ठाउँको अभाव तथा उम्मेदवारहरूले पनि प्रतिनिधि थप्न नमानेको हुनाले केही दिन अझै लम्बिन्छ,’ पौडेलले लोकान्तरसँग भने, ‘ठ्याक्कै कति दिन अझै लाग्ला भन्न सकिने अवस्था छैन । तर पनि जेठ ११ गते सम्म परिणाम आउन सक्ने अनुमान गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!