बिराटनगर। नेपाली काँग्रेस मोरंग जिल्ला सह–सचिव सन्जय मण्डलले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । विराटनगर–४ बाट वडाध्यक्षका उम्मेदवार मण्डल पराजित भएसँगै पदबाट राजीनाको घोषणा गरेका हुन् ।

जिल्ला सह–सचिव भएर वडा अध्यक्षमा उठेका मण्डल नेकपा एमालेका जितेन थापासँग पराजित भएका थिए । निर्वाचन आयोगले अन्तिम मत परिणाम घोषणा गर्नु अगाडी नै हार स्वीकार गर्दै उनले समाजिक सञ्जालमार्फत राजीनामा दिएका हुन् ।

उनले पार्टीले समेत धोका दिएको भन्दै नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । काँग्रेसले ४० वर्षदेखि जित्दै आएको विराटनगर–४ मा यस पटक एमालेले आफ्नो झण्डा फहराएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!