हिपमत डटकम

शुक्रबार, जेठ ०६, २०७९ || 407  पटक पढिएको

चितवनको भरतपुरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले अग्रता बढाएकी छन्। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार रेनुले ३२२२ मतको अग्रता बनाएकी हुन्।

५६ हजार ८४५ मत गणनामा रेनुले २१ हजार ४९२ मत पाउँदा उनलाई राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवारले पछ्याइरहेका छन्। गठबन्धनका साझा उम्मेदवार विजय सुवेदीले १८ हजार २७० मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८१३३ मत पाएका छन्। उनी दुई प्रतिष्पर्धी उम्मेदवारभन्दा निकै पछि छन्।

उपमेयरतर्फ पनि सत्ता गठबन्धनले फराकिलो अग्रता बनाएको छ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका चित्रशेन अधिकारीले प्रतिष्पर्धि राप्रपाका उम्मेदवारभन्दा ९८३३ मतले अघि छन्।

अधिकारीले २३८६१ मत पाउँदा एमालेसँग गठबन्धन गरेको राप्रपाकी उम्मेदवार हिमला गुरूङले १४०२८ मत पाएकी छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!