हिपमत डटकम

बुधबार, जेठ ०४, २०७९ || 748  पटक पढिएको

आज सुन-चाँदीको मूल्य घटेको छ।

बुधबार सुन प्रतितोला ९५ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९६ हजार सात सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ६० रूपैयाँमा कारोबार भएको थियो। यसर्थ आज सुन प्रतितोला नौ सय र चाँदी प्रतितोला १० रूपैयाँ घटेको हो।

केही समय यता सुन-चाँदीको मूल्यमा लगातार गिरावट देखिएको छ। अघिल्लो साताको बुधबार सुन प्रतितोला ९८ हजार सात सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।

बुधबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १८ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!