सर्लाहीको पर्सा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा धिरेन्द्र राय निर्वाचित भएका हुन् ।
उनले २ हजार ४६६ मत ल्याएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका दिनेश कुमार यादवले १ हजार ८५८ मत ल्याए ।
यस्तै उपाध्यक्षमा काँग्रेसकी नुतन देवी २ हजार ३९ मत ल्याए निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी जसपाकी नसरुल खातुनले १ हजार ९४१ मत ल्याइन् ।