हिपमत डटकम

शनिबार, बैशाख ३१, २०७९ || 14966  पटक पढिएको

विराटनगर।। विराटनगर महानगर पालिकामा शुक्रावर सम्पन्न भएको स्थानिय तहको निर्वाचनको मतगणना आज बिहानदेखि बिराटनगरको आदर्श मा बि मा हुदै छ। सुरुदेखि नै नेपाली कांग्रेसले अग्रता बनाएको छ। पच्छिल्लो मतगणना सार्वजनिक भएको छ । १५६८ मत गणना गर्दा नेपाली काङ्ग्रेस कै अग्रता रहेको छ भने गठबन्धन दलबाट नै उम्मेदवार बनेको जसपाको अमरेन्द्र यादवलाई सोचे जस्तो मत आएको छैन।

विराटनगर महानगर पालिकामा नेपाली काङ्ग्रेसको तर्फ़बाट मेयरको उम्मेदवार नागेश काेइरालाले ५२९ प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार सागर थापाले ४०१,र स्वतन्त्र उम्मेदवार उमेश यादवले ७० मत प्राप्त गरेका छन्।

उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्कीले ४५० प्राप्त गरेकी छिन् भने जसपाका उम्मेदवार अमरेन्द्र यादवले २४५ प्राप्त गरेका छन्।

गठबन्धन दलबाट नै उम्मेदवार बनेका कोईराला र यादवको मत भार धेरै फरक आउदा नेपाली कांग्रेसले जसपालाई धोका दिएको जानकारहरु बताउछन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!