विहार र नेपालको चुनावी ब्यानरमा एउटै व्यक्तिको तस्बिर

अपराधिक नाईकेहरूलाई भतिज र बहिनीको भर

हिपमत डटकम

आइतबार, बैशाख २५, २०७९ || 485  पटक पढिएको

कालिकामा। आसन्न स्थानीय तहको चुनाव आउन अब ५ दिन मात्र बाकी छ । उम्मेदवारहरुले जोडतोडका साथ आफ्नो प्रचार प्रसार गरिरहेका छन् । पर्साको कालिकामाई गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) का मेयर वशिष्ठ कलवार र उपमेयर सायना खातुनले पनि जबरजस्त तरिकाले चुनावी प्रचार थालेका छन् । कलवार र खातुनको चुनावी ब्यानरमा जसपाका नेताको स्थानमा जुन व्यक्तिको तस्बिर राखिएको छ ती व्यक्तिको प्रभाव भारत विहार राज्यको रामनगरमा रहेको देखिन्छ । उपमेयरकी उम्मेदवार सायना खातुनको तस्बिर माथि अरमान खाँको तस्बिर राखिएको छ । खातुन खाँकी बहिनी हुन् ।

गत वर्ष विहारको नगर परिषदको चुनावमा रामनगर प्रखण्डमा अरमान खाँकी श्रीमती सायरा खातुन उपसभापतिकी उम्मेदवार थिइन् । रामनगर नगर परिषदको चुनावी ब्यानरमा अरमान खाँको ठूलो तस्बिर राखेर मतदातासँग मतको अपिल गरिएको थियो । यसैगरि कालिकामाईको चुनावमा समेत अरमान खाँको तस्बिर राखेर गाउँ गाउँमा ब्यानर टाँगिएका छन् । एउटै व्यक्ति नेपाल र भारततर्फको चुनावमा उम्मेदवारको प्रतिनिधी किन र कसरी बन्छ भन्ने विषयमा कालिकामाईका वासिन्दा अहिले चिन्तीत बनेका छन् । खाँ दुई महिना अगाडि जसपामा प्रवेश समेत गरेका थिए । जसपाका पर्सा अध्यक्ष रामनरेश यादव, प्रदेश सांसद सिंघाशन कलावर, सचिव तबरेज अहमद लगायतका नेताहरुले खाँलाई पार्टी प्रवेश गराएका थिए ।

कालिकामाई गाउँपालिकाको मेयर पदमा जसपाबाट उम्मेदवारी दिएका वशिष्ट कलवार दिनेश कलवारका भतिजा हुन् । चुनावी ब्यानरमा अरमान खाँसँगै दिनेशको तस्बिर समेत राखिएको छ । अघिल्लो स्थानीय चुनावमा कालिकामाईको उपमेयरमा कलवारले आफ्नो भाउजु लालशा देवी कलवारलाई उम्मेदवार बनाएका थिए । उनकी भाउजु पराजित भइन् । खोटाचलन, लागूऔषध मुद्दामा सजाय पाइसकेका कलवार आफू निर्वाचनमा लड्न नपाउने भएपछि कहिले भाउजु त कहिलो आफ्नो भतिजोलाई आफ्नो प्रतिनिधीको रुपमा अगाडि सार्दै आएका छन् । उनकी भाउजु अस्वस्थ्य रहेकीले यसपालीको चुनावमा भतिजोलाई अगाडि सारेका हुन् ।

आपराधिक गतिविधीमा दोषी व्यक्ति संविधानत चुनाव लड्न नपाउने भएपछि राजनीतिलाई आफ्नो पकड बाहिर जान नदिन पारिवारिक सदस्यलाई अगाडि सार्ने विहारी प्रवृत्ति अहिले कालिकामाई गाउँपालिकामा समेत देखिएको छ । कलवारकै परिवारका सदस्यले जसपाबाट टिकट पाउने निश्चित देखिएपछि जसपाका प्रभावशाली नेताहरुले पार्टी परित्याग गरेका छन् । मेयरमा जसपाबाट दिनेश कलवारका भतिजो वशिष्टले नै टिकट पाउने तय भएपछि राजशे चौरसिया एमाले प्रवेश गरेका हुन् । जसपाकै अर्का प्रभावशाली नेता राधाकृष्ण चौरसिया कांग्रेसको झन्डा बोक्न बाध्य बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!