हिपमत डटकम

शनिबार, बैशाख १७, २०७९ || 466  पटक पढिएको

काठमाडौं । मातातीर्थ औसीका अवसरमा सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले ५६० जना आमाहरुलाई सम्मान गरेका छन् ।

सबै आमा समान हुन र आमा बुबा खुसी भए संसार खुसी हुन्छन् भन्ने भावनाका साथ एकसाथ ५६० जना आमाहरुलाई दोसल्ला ओडाएर सम्मान गर्दै भोजन समेत गराएका हुन् ।

झापाको भद्रपुर निवासी पोखरेलले ७० वर्ष नाघेका आमाहरुलाई व्यक्तिगत रुपमै आमाहरुलाई सम्मान गरेको बताए । पैसा कमाउनु मात्र आत्मासन्तुष्टी नहुने बताउँदै समाजमा रहेका हरेक आमाबुबालाई सम्मान गर्दा अर्कै सन्तुष्टी मिल्ने उनको भनाई छ ।

आमाहरुलाई गरेको सम्मानलाई देखेर आफ्नो आमा बुबा पनि खुसी भएको बताउदै यसलाई निरन्तरता दिँदै जाने बताए । आफुले सकेको सहयोग आमाहरुलाई गर्दै जाने उनको भनाई छ । पोखरेल सौर्य एयरलाइन्स र ओम साई अस्पतालका अध्यक्ष हुन् ।

वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात मातृऔँसीका रुपमा समेत मनाउँछन् ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!