हिपमत डटकम

शनिबार, बैशाख १७, २०७९ || 833  पटक पढिएको

यो साता सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको ६ दिन कारोबार भएको सुनको मूल्य करिब २ हजार रुपैयाँ प्रति तोलाले घटेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको कारोबार प्रतितोला १ लाख ९०० रुपैयाँमा भएको थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १७ सय रुपैयाँले घटेर ९९ हजार २०० रुपैयाँमा आइपुगेको हो । यस्तै, गतसाता तोलामा १ लाख ४०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य यो साताको शुक्रबारसम्ममा ९८ हजार ७०० रुपैयाँ छ ।

यो साता पहिलो कारोबार दिनदेखि नै सुन घट्न लागेको थियो । आइतबार तोलामा ४०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार ३०० रुपैयाँले घटेको थियो । यस्तै, मंगलबार ९०० रुपैयाँ, बुधबार ३०० रुपैयाँ र विहीबार १ हजार रुपैयाँ प्रति तोलाले घटेको थियो ।

साताको पहिलो कारोबार दिनदेखि नै घट्न लागेको सुनका मूल्य आइतबारदेखि नै घट्न थालेको हो । यसैगरी, गत साताको शुक्रबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी यो साता ४० रुपैयाँ घटेको छ । यससँगै आज चाँदीको कारोबार प्रतितोला १३ सय २० रुपैयाँमा भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!