विराटनगर । नेपाली कांग्रेस विराटनगरका मेयरका उमेदवार नागेश कोइरालाले आफू विजयी भए ५० युनिटसम्म विद्युत महशुल मिनाहा गरिदिने बताएका छन् ।

नेपाली कांग्रेस वडा नम्बर विराटनगर १२ समितिले आज आयोजना गरेको घरदैलौ कार्यक्रममा कोइरालाले विपन्न र ५० युनिटसम्म विद्युत खपत गर्ने महानगरबासीको महशुल मिनाहा हुने बताए ।

उनले भने,“मेयरमा विजयी भएर आएँ भने ५० युनिटसम्म विद्युत खपत गर्नेहरुको शुल्क महानगरले व्यवस्थापन गरिदिने छ । यसको लागि स्पष्ट खाका र कार्यक्रम तय गरिने छ ।

” उनले प्राईभेट सरह सुविधा दिने अस्पताल संञ्चालन गरेर नगरवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने दावि गरेका छन । नगर अस्पताल आफ्नो डिम प्रोजेक्ट रहेको बताएका छन । उनले आज विराटनगरका वडा नम्बर १, ३, ४, ५ र १२ नम्बर वडाका स्थानीयसँग अन्तरक्रिया र घरदैलो कार्यक्रम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!