हिपमत डटकम

बिहिबार, बैशाख १५, २०७९ || 490  पटक पढिएको

धरान । विभिन्न समयमा लाभको पदमा बसेका बेला पेस्की लिएर नबुझाएका गठबन्धनको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरका उम्मेदवार किशोर राईले २२ वर्ष पछि पेश्की रकम फछ्र्यौट गरेका छन् ।

वडा सदस्य हुँदा तथा खेलकुदको विकाश गर्न भन्दै विभिन्न शिर्षकमा उनले लिएको पेश्की रकम नबुझाउँने अडान राख्दै आएका थिए । उनले १२ वर्ष अघि सम्म पेश्की रकम लिएका थिए । २०५६ साल देखि २०६८ साल सम्म पटक पटक गरेर उनले लिएको पेश्की रकम बुझाएका थिएनन् ।

नगरपालिकाले पटक पटक पेश्की रकम बुझाउन आग्रह गर्दा पनि उनले अटेरी गर्दै उल्टै नगरपालिकाका कर्मचारीलाई धम्काउने गरेका थिए । अहिले मेयरको उम्मेदवार कन्फर्म भए पछि मनोनयन गर्ने दिन उनले पेश्की रकम बुझाएका हुन् । फुटबलको नाममा वा वडा सदस्य हुँदाको समयमा उनले व्यक्तिगत कामका लागि पेश्की रकम लिएका थिए । संस्थाको काममा भन्दै व्यक्तिगत काम लिएर उनी पटक पटक काठमाण्डौं जाना उनले नगरपालिकाबाट पेश्की लिएका थिए । पेश्की रकम नबुझाउने व्यक्तिले उम्मेदवार हुन नपाउने भए पछि उनले मनोनयन दर्ता गर्ने पहिलो दिन गत आइतबार र सोमबार विभिन्न भौचर नम्बरबाट पेश्की रकम फछ्र्यौट गरेका छन् ।

राईको नाममा २०५६ साल असोज १२ गते देखि २०६७ वैशाख २७ गते सम्म विभिन्न समयमा लिएको पेश्की बाँकी रहेको धरान उपमहानगरपालिकाको जनाएको छ । उनीसँग ११ वर्षको अवधिमा पटक पटक लिएको कुल १ लाख ३ हजार ४ सय रुपैया पेश्की लिएका देखिन्छ । २०५४ सालको निर्वाचनमा १२ नं. वडाबाट वडा सदस्य जितेका राईको जनप्रतिनीधि भएदेखि विभिन्न खेलकुदको कार्यक्रममा पेस्की लिएको देखिन्छ । उपमहानगरपालिकाले पटक पटक पेश्की फछ्र्यौट गर्न ताकेता गरेको थियो ।

उनलाई धरान उपमहानगरपालिकाको पेश्की फछ्र्यौट गर्न गरेको पत्राचार अनुसार उनले २०५६ असोज १२ गते पहिलो पटक साफ खेल अध्ययन तथा अवलोकन गर्न २ हजार ५ सय रुपैया पेश्की लिएका थिए । त्यस पछि २०५७ साल असार १८ गते काठमाण्डौं जान लिएको भ्रमण पेश्की मध्य फच्र्यौट कट्टा गरि बाँकी रहेको ४ सय, सोही सालको भदौ ८ गते खेलकुद कार्यक्रमको लागि ६ हजार ५ सय, असोज ४ गते वडा नम्बर १२ को ड्रेन सफाई गर्न ३ हजार, असोज २७ गते बुढासुब्बा गोल्डकपको लागि काठमाण्डौं जना भ्रमणमा १० हजार, पुष १७ गते काठमाण्डौं जना भ्रमणमा ३ हजार ५ सय लिएका थिए ।

त्यसै गरि २०५८ साल भदौ २४ गते पुनः काठमाण्डौं जान भ्रमण ६ हजार, पुनः फागुन १० गते काठमाण्डौं जान ५ हजार, २०५९ असार ३१ गते खेलकुद मन्त्रालय जान भ्रमण ६ हजार ५ सय, २०६५ भदौ ३० गते गोल प्रोजेक्ट उदघाटन कार्यक्रमका लागि पेश्की १० हजार र अन्तिम पेश्की २०६७ वैशाख २७ गते जनजाती कल्याण आश्रम भवन निर्माण गर्न पेश्की ५० हजार रुपैया गरि कुल १ लाख ३ हजार ४ सय रुपैया पेश्की रहेको थियो ।

उपमहानगरले दिएको फच्र्यौट गरेको तथ्यांक अनुसार उनले मनोनयन दर्ता गर्ने पहिलो दिन गत आइतबार भौचर नम्बर १२६३ बाट वडा सदस्य किशोर राईको नाममा रहेको पेश्कि रकम प्राप्त बैंक भौचर नम्बर १०१५६ तथा १०२१५ अनुसार फच्र्यौट गरिएको ७९ हजार ४ सय रुपैया फच्र्यौट गरेका थिए भने वैशाख १२ गते सोमबार विभिन्न चेक मार्फत बाँकी २४ हजार भुक्तानी गरेका थिए । कार्यालयका अनुसार गत सोमबार भौचर नम्बर १२६८ बाट तत्कालीन १२ नम्बर वडाअध्यक्ष किशोर राईको मिति २०५७।०६।०४ को ढल सफाई कार्यको पेश्की संलग्न भरपाई तथा अर्थ तथा सार्वजनिक लेखा समितीको सिफारिसको आधारमा फच्र्यौट भएको ३ हजार, भौचर नम्बर १२६९ बाट किशोर राईको नाममा रहेको पेश्कि रकम फच्र्यौट गरिएको १० हजार र १२७४ भौचर नम्बरबाट किशोर राईको नाममा रहेको पेश्कि प्राप्त आम्दानि भौचर नम्बर १०२६३ को आधारमा फच्र्यौट गरिएको ११ हजार रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!