हिपमत डटकम

बुधबार, बैशाख १४, २०७९ || 581  पटक पढिएको

बिराटनगर महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्षका उम्मेदवार गणेश कुमार साहले आफ्नो चुनावी घोषणा सार्वजनिक गरेका छन् ।

हेर्नुहो चुनावी घोषणा :-

 

आदरणीय वडावासी आमाबुबा , दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अभिवादन गर्दछु । आसन्न निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवारी दिएको छु । राजनीतिमार्फत समाजसेवा गर्ने लक्ष्यका साथ यहाँहरुकै प्रेरणाका कारण मैले उम्मेदवारी दिएको हुँ । विगतमा पनि मैले समाजसेवामार्फत समाजमा पुरयाएको योगदान त यहाँहरुलाई विदितै छ । वडाध्यक्ष भएर समग्र वडाको विकास र समृद्धिको काम गर्ने मेरो उद्देश्य रहेको छ । राजनैतिक रुपमा म कुनै पार्टीमा आबद्ध भए पनि वडाको विकासका लागि राजनैतिक आस्था र विचारभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जाहेर गर्दछु । वडाध्यक्षमा विजयी भएमा पाँच वर्षभित्र निम्न काम गर्ने लक्ष्यका साथ प्रतिबद्धता व्यक्त गर्दछु ।

१. सडक लगायतका भौतिक पूर्वाधारको विकासलाई तीव्रता दिनेछु ।
२. सफा र सुन्दर वडा बनाउनेछु ।
३. वडालाई सुशासनको नमुना बनाउनेछु ।
४. वडा स्तरिय स्वास्थ्य चाैकीलाई व्यवस्थित गर्दै वडाबासिकाे स्वास्थ्य सेवा व्यवस्थित गर्न नगरमा भएका अस्पतालहरुसंग समन्वय गरि स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राख्ने छु, जेष्ठ नागरिकहरुलाई नि:शुल्क स्वास्थ्य बिमा गराउने र खाेप लगायतका अन्य सेवाहरु व्यवस्थित गर्ने छु ।
५. वडावासीका लागि एम्बुलेन्स सेवा सञ्चालन गर्ने छु र गर्भवतीहरुलाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने छु ।
६. वडाभित्र रहेका धार्मिक क्षेत्रहरुको संरक्षण र सम्वद्र्धन गर्नेछु ।
७. बसपार्कदेखि चिउरामिल चोकसम्मको जीर्ण सडकको पुननिर्माण गर्नेछु ।
८. पिचरा नहरको सौन्दर्यकरण गर्नेछु ।
९. वडा क्षेत्रभित्र रहेका खाली जमिनमा सामूहिक खेती गर्न स्थानीयलाई उत्प्रेरित गर्नेछु ।
१०. सार्वजनिक शौचालय निर्माण गर्नेछु ।
११. वडाका विभिन्न सार्वजनिक स्थानमा खानेपानीको व्यवस्था गर्नेछु ।
१२. सुविधा सम्पन्न पुस्तकालय निर्माण गर्नेछु ।
१३. मरिक बस्तीमा सुविधा सम्पन्न शौचालय तथा बाटो नाला सहित व्यवस्थित बनाउनेछु ।
१४. वडाभित्र रहेका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट गुणस्तरीय पठनपाठन सुरु गर्नेछु ।
१५. ज्येष्ठ नागरिकहरुका लागि त्रैमासिक रुपमा वडामै स्वास्थ्य शिविर सञ्चालन गर्नेछु ।
१६. विकास निर्माणका काम सतप्रतिशत काम गर्ने तथा पारदर्शी गर्नेछु ।
१७. बाढीको समस्या समाधानका लागि ढल तथा नालालाई व्यवस्थित गर्नेछु ।
१८. कोही ज्येष्ठ नागरिक कामका लागि वडामा आउन चाहेमा वडाबाटै ल्याउने र पुर्‍याउने व्यवस्था मिलाउनेछु ।
१९. वडालाई हरियाली बनाउन वृद्धाक्षरोपण अभियान सञ्चालन गर्नेछु ।
२०. कौसी खेत गर्ने वडाबासीलाई घरबहाल र अन्य करमा निश्चित प्रतिशत छुट दिइनेछु ।
२१. प्रत्येक तिन–तिन महिनामा सार्वजनिक सुनुवाई गरेर वडाबासीका समस्या सुन्ने व्यवस्था मिलाउनेछु ।
२२. वडामा रहेका सुकुम्बासीहरुलाई ऎलानी जमिन खोजी व्यवस्थापन गराउनेछु।
२३. वडामा हुने गरेको चोरीपैठारीलाई न्यूनीकरण गर्नको निम्ति ठाँउ ठाँउमा सिसि क्यामेरा जडान गराउनेछु।
२४. वार्डमा रहेका सामुदायिक बिद्यालय बाट SEE मा उत्कृष्ट छात्राहरुलाई प्रोत्साहन स्वरुप साईकल प्रदान गराउर्नेछु।
२५. गरिब विद्यार्थीहरुका लागि खाजाको व्यवस्था मिलाउनेछु।
२६. युवाहरुको निम्ति रोजगारी मुलुक सीप बिकास तालिमको व्यवस्था गर्नेछु।
२७. वडाका विभिन्न ठाउँहरुमा वाईफाईको व्यवस्था मिलाउनेछु।
२८. वडामा रहेका खेलाडीहरुलाई तथ्यांक संकलन गरि विशेष पुरस्कारको व्यवस्था मिलाउनेछु।
।।। धन्यवाद ।।।

गणेशकुमार साह
वडाध्यक्ष पदको उम्मेदवार
जनता समाजवादी पार्टी नेपाल (जसपा)
विराटनगर–११ चुनाव चिन्ह छाता
मोवाईल नम्बर :- ९८०४३०४११३ ,९८४२२५०६८१

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!