नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसीटी भोल्कले पाटनको महारानी चोकमा ‘घर फिर्ती’ शीर्षकमा आयोजित फोटो प्रदर्शनीको उद्घाटन गरे । प्रदर्शनीले अष्ट्रेलियाबाट नेपाल फर्किएर आफ्नो समुदाय र देशको समृद्धिका लागि योगदान पुर्याइरहेका नेपालीको कथा दर्शाउँछ ।

अष्ट्रेलियाली कलाकार तथा वृत्तचित्र फोटोग्राफर जो रयान्खनले सृजना गरेको उक्त प्रदर्शनीलाई अष्ट्रेलियाली दूतावासले आर्थिक सहयोग गरेको हो । प्रदर्शनीमा निजी र अष्ट्रेलिया सरकारको छात्रवृत्तिमा अष्ट्रेलियामा आर्जन गरेको सीप र ज्ञान नेपाल फर्केर सिपालु उद्यमी, सामाजिक कार्यकर्ता, ‘सेफ’ वा ‘डिजाइनर’का रूपमा स्वदेशमा नै सम्भावनाको खोजी गरेका वास्तविक कथा समेटिएका छन् ।

यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार राजदूत भोल्कले प्रदर्शनीबाट विदेशमा गएर अध्ययन गर्ने र काम गर्ने सोच बनाएका अरु युवालाई नेपाललाई नै आफ्नो अन्तिम गन्तव्य बनाउन प्रेरित गर्ने बताए । उनले भने, “नेपाली विद्यार्थीको उपस्थितिले अष्ट्रेलिया खुसी हुन्छ तर व्यावसायिक सीपयुक्त नेपालीहरू नेपालको दुरगामी समृद्धि र प्रगतिका लागि यहाँ आएर उपलब्ध सम्भावनाहरूको खोजी गर्न कति आवश्यक छ भन्ने कुराका बारेमा पनि जानकार छ ।”

राजदूत भोल्कले भने, “प्रदर्शनीमा समावेश एघार व्यक्तिहरूको प्रयास, निरन्तको लगाव र सफलताको उत्सव मनाउँछु । उनीहरुको कथाले अरुलाई पनि विश्वभरबाट सीप र अनुभव आर्जन गर्ने र सम्बन्धहरू स्थापना गर्ने र ती सबैलाई नेपालमा ल्याएर प्रयोग गर्ने प्रेरणा मिल्छ भन्ने विश्वास व्यक्त गर्दछु ।”

जो रयान्खन हाल काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा क्राफ्ट एण्ड डिजाइन विषयमा अध्ययन गरिरहनुभएको छ । प्रदर्शनीका बारेमा उनी भन्छन्, “घर फर्किनु प्रदर्शनीले दर्शकहरूलाई नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि उपलब्ध सम्भावनाहरूको बारेमा सोच्न आमन्त्रण गर्दछ । यो प्रदर्शनीको उद्देश्य हाल नेपालबाट भइरहेको युवाहरुको विदेशिने क्रमका बारेमा सोच्न र विदेशमा अध्ययन वा काम गरेर स्वदेश फर्कँदा हुने सकारात्मक प्रभावहरूलाई दर्शाउने, त्यसरी फर्कनेहरूको साहसको उत्सव मनाउने रहेको छ । प्रदर्शनीमा राखिएका कथा र अन्य यस्तै लाखौँ कथाहरू नेपालभर भेटिने कथाले विदेशबाट नेपाल फर्कनु कुनै असफलता होइन र यसले आफ्नो क्षमताको खोजी गर्ने नयाँ अवसर प्रदान गर्दछ ।”

प्रदर्शनी महारानी चोकमा जेठ ३ गते सम्म र काठमाडौँ नयाँसडकस्थित भूगोलपार्कमा जेठ ४ देखि जेठ १० गते जारी रहने छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!