बरियारपट्टी ।  सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकामा बिभिन्न पार्टी प्ररित्याग गरेर राम बहादुर यादव लगायत दजनौं ब्यात्ती नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बरियारपट्टीका प्रभावशाली नेता रहेका यादव चुनावको मुखमा माओवादी प्रवेश गर्दा माओवादीको लागि खुसीको कुरा रहेको जनाकारहरुले बताउछन् । यादवको पार्टी प्रवेशले माओवीलाई धेरै फाईदा भएको बताउछन् ।

पार्टी प्रवेश गर्दै यादवले भने देशको ठुलो राजनीतिक दल भनिएका नेकपा एमाले, नेपाली कांग्रेस र मधेशका मसिहा कहलाउने जसपा हामीलाई धेरै धोका दिएका छन् । अब कती दिन ति धोकेबाजको कुरा पत्याउनु ? धेरै भयो तिनीहरुको नाटक ! हामी परिर्वतन खोजेका छौं र परिर्वतन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले मात्र गर्न सक्छ । त्यसैले म सहित दजनौं ब्यात्तीहरु माओवादी रोजेका छौं ।

यादव बरियारपट्टी गाउँपालिका वडा नम्बर १ गरगमा निवासी हुन ।

अहिले बरियारपट्टीमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको चुनावी माहोल बन्दै गरेको छ ।

बरियारपट्टी गाउँपालिकामा जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाली कांग्रेस बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!