मंगलबार, बैशाख ०६, २०७९ || 509  पटक पढिएको

विराटनगरवासी आर्थिक, राजनीति र सामाजिक रूपले जागरूक देखिएपनि डिजीटल उपभोगमा भने उदासीन देखिएका छन् ।
प्रदेश नंं १ सरकार, विराटनगर महानगरपालिका लगायतका सरकारी संघ संस्थाले थुप्रै डिजीटल एप्लीकेसन, पोर्टलहरू सार्वजनिक त गरेका छन् तर उपभोगकर्ता न्यून छन् ।
लाखौ खर्च गरेर विभिन्न एप्स पोर्टलको निर्माण त गरियो तर उचित प्रचारप्रसारको अभावमा त्यस्ता एप्स र पोर्टल नागरिकमैत्री बन्न सकेको छैन ।
प्रदेश नं. १ का तत्कालिन मुख्यमन्त्री शेरधन राई नेतृत्वले प्रदेशभरको गतिविधिलाई डिजिटल प्रविधिमार्फत एकै ठाउँमा समावेश गराउने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा ड्यासबोर्डको निर्माणका लागि मोटो रकम खर्चेको थियो ।

तर ड्यासबोर्ड संचालनमा छ की छैन भन्नेमा सोही कार्यलयका कर्मचारीसमेत बेखबर बनेका छन् । विराटनगर महानगरपालिकाले प्रभावकारी कर संकलनका लागि र मृत्यु, विवाह, सम्बन्ध विच्छेद जस्ता नगरभित्र हुने घट्ना दर्ताका लागि दुई वटा पोर्टल संचालनमा ल्याएको थियो । तर संचालन औपचारिकतामा मात्रै सिमित बनिदिँदा सेवाग्राही उपभोगबाट कोषौ टाढा रहेका छन् ।

कर तिर्न र जन्म मृत्यु लगायतका घट्ना दर्ता गराउन सेवाग्राही अझै वडा कार्यालय नै धाउनु पर्ने बाध्यता छ । एप्स र पोर्टल संचालनमा अनेकौ झन्झट र आवश्यकता परेको बेला नखुल्ने रोगका कारण सेवाग्राहीहरू डिजिटल प्रविधिको प्रयोगभन्दा पनि आपैm सशरीर कार्यालयमा नै पुगेर काम गराउनेमा विश्वस्त बनेका छन् ।

विभिन्न सरकारी कार्यालयबाट सेवाग्राहीलाई सजिलो होस् र सानो कामको लागि पनि कार्यालय नै धाउनु नपरोस भनेर एप्स र पोर्टलको निर्माण गरी सार्वजनिक गर्ने गरिएको छ । तर एप्स र पोर्टलको उचित प्रचारप्रसार नहुँदा सेवाग्राहीलाई उपलब्ध गराइएको डिजिटलयुक्त सेवा सुविधा प्रभावहीन बन्ने गरेको छ ।
विराटनगर महानगरपालिकाकी आइटी प्रमुख अर्चना कर्ण सेवाग्राहीका निम्ती उपलब्ध गराइएको एप्स र पोर्टललाई सेवाग्राहीमाझ प्रभावकारी बनाउनका लागि प्रचार प्रसार आवश्यक रहेको जिकिर गरिन् ।

उनले प्रविधिमैत्री युगमा डिजिटल उपभोगलाई बढाउँदै लैजानु पर्नेमा जोड दिइन् । कर्णले डिजिटल साक्षरतालाई राज्यले बढावा दिए आधुनिक डिजिटल प्रविधिको पहुँच व्यापक बन्ने बताइन् । यस्तै विराटनगरमा सोमबार प्रदेश स्तरीय स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल संवाद कार्यक्रमको आयोजना हुने भएको छ ।

आइसिटी फाउण्डेसनले आयोजना गरेको स्टार्टअप र संवादले स्थानीय नवप्रवर्तकलाई प्रवद्र्धन गर्न, आवश्यक लगानी जुटाउन र आइटी उद्यमशीलता विकासका लागि सघाउ पु¥याउने छ । उद्यमशीलता विकासको लागि कार्यक्रम महत्वपूर्ण प्लेटफार्म हुने फाउण्डेसनका अध्यक्ष राजन नेपालले जानकारी गराए ।

यो खबर न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!