हिपमत डटकम

मंगलबार, बैशाख ०६, २०७९ || 495  पटक पढिएको

फूलकुमार लालवानी, अरुणकुमार गुप्ता र रामकृष्ण भट्टराईको नाम मेयरका रुपमा सिफारिस भएको हो ? अरुण गुप्तालाई भनियो रे, ‘पहिलो दिन ७ जनाको गरिएको हो, भोलिपल्ट थप गरेर पठाएको छु, ३ जनाको नाम थप भएको छ ।’

न्यू सृष्टि दैनिकले नगर सभापति दीपक चापागाईंलाई सोध्यो, ‘समाचार बनाउनु प¥यो, ३ जनाको नाम थप भएको हो ?’ चापागाईंले होइन भने । तोकिएको समय घर्किसकेकाले नाम थप्न नमिल्ने उनको जानकारी थियो ।

यता, समावेश नभएका नामहरूमा तिब्र आक्रोश देखिएको छ । आखिर नाम समावेश भएको होइन भने किन भएको भनेर भन्नू ? सिफारिस गर्दैमा टिकट पाउने पनि होइन । गठबन्धनको सूची कसोरी बाहिर आउने छ त्यो थाहा छैन । सिफारिसमा नपरेकालाई पनि टिकट दिन सक्छ पार्टीले । खोई कुरा बुझेको ? सिफारिस गर्दैमा चापागाईं सानो हुने थिएनन् । उनको सभापति पद उपसभापति हुने थिएन क्यारे !

तर, उनले किन यसो गरे ? आज मारवाडी क्षेत्रबाट व्यापक आक्रोश आएको छ । हिजो एमालेमा छिरेकाहरू खुच्चिङ कांग्रेस भन्न थालेका छन् । यस्ता कुराले पार्टीलाई नै कमजोर बनाएको भान हुन्छ ।

यो खबर न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!