हिपमत डटकम

मंगलबार, बैशाख ०६, २०७९
राधिका ढकाल

एकान्तमा बसेर सोच्दै थिएँ, कुनै कुराको स्मरण भयो । सम्बन्ध रगतको होस् या मित्रताको सबै क्षणिक मात्र हुन थालेका छन् । सम्बन्ध चाहे रगतको होस् या मित्रताको परिस्थितिले होइन मनस्थितिले टुट्न थालेका छन् यहाँ ।

कसैसँगको गहिरो मायामा चुर्लुम्म डुबिन्छ नि अनि संसार जितेको आभाष हुँदोरहेछ । हो, म पनि नवीनको मायामा यसरी नै डुबेको थिएँ ।
उसको त्यो प्रेमले मलाई उहीतर्फ खिचेको थियो । कहिले हामी कफी सपमा हुन्थ्यौं, कहिले फिल्म हल त कहिले पार्कमा ।
समयको यो बहाव कति चाँडै बहँदो रहेछ । सायद, मायाभन्दा ठूलो केही छैन जस्तो ला

रा । म चाहन्थें समानता होस् सबैप्रति हाम्रो प्रेममा कोही बाधक नभैदियोस् तर सम्भव थिएन किनकि ऊ आफैं मदेखि छुट्टिन खोज्दै थियो ।
अचानक हाम्रो मायाको सुवासमा बिस्तारै हावाको झकेटाहरू लाग्न थाले । नवीन मसँग बिस्तारै टाढिन लाग्यो । म भने उसको प्रेममा म पौडी रहेको थिएँ । स्वार्थ र आवश्यकता पूरा गर्न तिमीले दिएको धोका अनि मकैसँगै घुन पिसिएजस्तै म पिल्सिरहेको छु ।
कुनै सम्भावना नदेखेपछि हामी दुई छुट्टिने निर्णय लियौं । छुट्टिनुअघि उसको काँधमा टाउको राख्दै भने ‘प्लिज हामी बिहे गरौं न । म तिमीबिना छुट्टिएर बस्न सक्दिनँ । गाउँ, समाजको डरले मलाई छोड्न खोज्दै छौ भने बरू हामी कतै नयाँ ठाउँ गएर नयाँ जिन्दगी सुरू गरौं न’ भन्दै पोल्टो फैलाउँदै थिएँ । तर उसले मलाई बुझ्ने कोशिश नै गरेन ।

हामी छुट्टियौं । दिन बित्दै गयो, महिनौं भयो । वर्ष बिते । नवीनसँग मेरो दूरी बढेर गयो । दूरी जति नै बढे पनि ऊप्रतिको प्रेममा कहिल्यै कमी आएन । नवीनले विवाह ग¥यो, म उसकै यादले ओछ्यानमा थलिएको बेला अंगालोमा बाँधिएको फोटो मलाई पठाउँदै बिहे गरेको सुनायो ।
कस्तो अजीवको चिज रहेछ यो माया भन्ने पनि । हिजोसम्म मलाई अंगाल्दै गरेको त्यो काखमा आज उसले अरू कसैलाई अंगाल्दै भन्यो– म अरू कसैको भैसकें । कसैलाई अंगाल्दैमा, शरीर साट्दैमा माया भन्ने हुन्छ र ! यदि अंगालेको भरमा, शरीर साटेको आधारमा प्रेम हुन्छ र ! ‘प्रेम त दुःख हो, कमजोरी हो । आफ्नो निम्ति फुल्ने, आफ्नै, निम्ति फक्रिने ।’ मर्नुजस्तो एउटा बाध्यतालाई स्वीकार गर्नको निम्ति भमरासँग लाप्पा खेल्नैपर्छ र ? झर्नु त पर्छ पर्छ भने आफ्नो इच्छाले झर्ने नि !

याद छ नवीन अझै पनि ती दिनहरू मलाई । तिम्रो छातीमा टाँसिएर गुटुमुटु हुँदै अनेक सपना सजाएका ती पल बिहे गर्ने रहर, बिहेपछिका योजना अनि मुनामदनजस्तो नमूनाको जोडी बन्ने मेरा सपना सबै एकै झड्काले भताभुङ भए ।

नवीनले दिएको धोकाको कुनै सीमा नै रहेन । जुन प्रेम प्राप्तिको लागि मैले घर, समाज छोडिसकेको थिएँ । त्यही प्रेम आज मेरो हुन सकेन । न त मैले जोगाएर राखेको मेरो प्रेम मेरो नै भयो । न त नवीनले बुझ्ने कोसिस नै ग¥यो ।

धेरै समयपछिको पीडा पछि म सम्हालिँदै छु । देख्न मन लाग्छ अझै पनि उसलाई । फेसबुकमा साथी छ नभए पनि सर्च लिस्टको पहिलो नम्बरमा उसकै नाम छ नवीनको फोटो हेर्दै, सुम्सुमाउँदै ती पल सम्झँदै दिनहरू बिताउँदै छु ।

जिन्दगीबाट म हराएको पनि धेरै भैसकेको छ । कुनै बेला थियो म सूर्यको चमकजस्तै चम्किन्थें । तर म अचेल अस्ताएको छु अशान्तबाट शान्त भैसकेको छु ती यादसँग लुकामारी खेल्न मन लाग्छ ।

हरेक कुना–कुनामा अनि यो सहर, यो गल्लीमा म मेरो नवीनलाई खोजिरहेको छु । उसको यादले निकै सताउँछ । वर्षाका भेलजस्तै गरी आँखाबाट बग्न थाल्छन् तिमीले छोडेसँगै मलाई बाँचेको कुनै आभास भएको छैन ।

मैले मृत्यु भेटेको छु । यो शरीरको मृत्यु होइन यो त मन, मुटु, आत्माको मृत्यु हो । मैले तिमीलाई गरेको निश्चल प्रेमको मृत्यु ।
तिमीले देखेको छौ होला मरेको शरीर चितामा जलेको । हो, त्यसरी नै जलिरहेको छु म भित्रभित्रै । सायद तिमीले त मलाई भुलिसक्यौ होला हुन त सम्झिन लायक नभएर नै छाडेर गएको हुनुपर्छ । तर के थाहा नवीन, तिमीबिना म न जिउन सकेको छु न त मर्न सकेको छु ।
नवीनको याद अनि आँसु मेरा सहारा बनेका छन् । तिम्रो सम्झनामा आँसु बगाइराख्दा उसले नरोऊ भनिरहेको आभास महसूस हुन्छ । लाग्छ, कतैबाट ऊ आओस् अनि मलाई छातीमा टाँस्दै भनोस्, ‘यी सबै कुरा झूटो हो । मुस्कान, नवीन केबल तिम्रोमात्र हो । म तिमीलाई छोडेर कहाँ जान सक्छु र ?’ तर यो सबै मेरो कल्पना र आशा मात्रै हुन् पूरा नहुने सपना हुन् । नवीनले त मेरो माया मारेर, मेरो जीवनबाट पाइला झिकिसकेको छ । सायद मेरो भागमा खुसी नै लेखिएको थिएन ।
मेरो ओठको मुस्कानभन्दा नयनमा आँसु नै धेरै सुहाउने भएर होला नवीनले आँसु दिएर गयो । नवीनले हाम्रो प्रेममा मलाई दिएको नै पीडा हो, जिउँदो लास हुँदाको पीडा अधिक हुँदो रहेछ । नवीनसँग बिताएका पलपललाई एक–एक गरी समेट्दै छु । ती याद चन्द्रमाको दागजस्तै भएका छन् ।
डरलाग्छ मलाई मृत्युदेखि, लास भएर चितामा जलें भने तिमीसँगका सबै यादहरू मेटी जानेछन् । सायद अब यो यादहरू मृत्युसम्म बाँच्नेछ।
मभित्र एउटा मूल्यहीन मुटु, धोकाका खाटा बसिसकेका छन् । बस् एउटा सास फेर्ने फोक्सो बाँकी छ, नवीन ! म आफूभित्र एउटा मरूभूमि भएको छु । एउटा मुर्दा घर भएकी छु । मेरो प्रेम गर्ने अधिकार खोसिएको छ ।

शिरिशको फूल जसरी न बास्ना छर्न सकेको छु न त भमरा डुलाउन । बस् बसन्त जस्तै हरियो छु ।
मैले मृत्युसम्मको यात्रा गरिराख्दा तिम्रो प्रतीक्षा सधैं रहिरहने छ । म अधुरो, अपुरो भएको छु तिम्रो अभावमा । तिमी मुस्कुराउन नभुल्नु कुनै दिन । अनि तिमीलाई चोखो प्रेमको खाँचो भयो भने यो मुटुलाई सम्झनु । यो मुटुमा तिम्रो लागि अपार प्रेम रहिरहने छ ।
‘लब यू’ नवीन ! अझै पनि म तिम्रो यादसँगै यो प्रकृतिमा रमाउँदै छु ।

यो खबर न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया