मंगलबार, फाल्गुण १३, २०७६ || 1609  पटक पढिएको
 प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वर्गिय महेन्द्र नारायण निधि लोकतन्त्रकै निधि रहेको बताएका छन् । नेपाली काँग्रेस धनुषाले निधिको ९८औ जन्म जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले नेपालको लोकतान्त्रिक आन्दोलनमा निधिले खेलेको भूमिका सदैव स्मरणिय रहने उल्लेख गरे । निधिको लोकतन्त्र प्रतिको आस्था, विचार र सिद्धान्तले उनलाई नामको निधि मात्र नभई लोकतन्त्रकै निधि बनाएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले आजको राजनीतिमा समेत उनी सबैको लागि प्रेरणाको श्रोत रहेको बताए । राउतले भने,‘स्वर्गीय निधिको निष्ठा, विचार, त्याग र समर्पणलाई हामी आफनो जीवनमा उतार्न सक्र्यौ भने सच्चा लोकतन्त्र स्थापना गर्न सक्छौ, समाजिक न्याय स्थापना हुन सक्छ, उत्पिडनमा रहेको समुदायले न्याय पाउन सक्छ ।’ मुख्यमन्त्री राउतले स्वगीय निधिले लोकतन्त्रको आन्दोलनमा खेलेको भूमिका बारे चर्चा गर्दै तत्कालिन समयमा मधेशमा भइ रहेको उच्च बसाई सराई सराईलाई कडा विरोध गरेर मधेशप्रतिको भावनालाई प्रकट गरेको बताए । फरक प्रसंगमा मुख्यमन्त्री राउतले संघीयतालाई बलियो बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको जिकिर गर्दै सरकार तत्काल सरकार परिवर्तनको सपना नदेख्न चेतावनी समेत दिए । यसै साता नेकपाका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले प्रदेश २ को सरकार फेर्ने दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै मुख्यमन्त्री राउतले भन्नु भयो, ‘केही नेताहरु मंच पिच्छै बोली फेर्छन, अहिले संघीयतालाई धराप पार्ने गरि सरकार परिवर्तनको सपना देखि रहनु भएको छ । त्यस्तो सपना नदेखे हुन्छ ।’ जिल्ला सभापति महेश शंकर गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादव, राम कृष्ण यादव, प्रदेश २ संसदीय दलका नेता रामसरोज यादव सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!