मंगलबार, फाल्गुण १३, २०७६ || 1341  पटक पढिएको

नेपाली क्रिकेटर सन्दीप लामिछाने एसिया–११ टीममा पर्न सफल भएका छन् । उनी सो प्रतियोगिताको टीममा पर्ने नेपाली एक्ला खेलाडी हुन । बिश्वका बिभिन्न क्रिकेट प्रतिष्पर्धामा सहभागिता जनाइसकेका सन्दीप यो पल्ट पनि भाग्यमानी देखिएका छन् । बंगलादेशमा हुने टि–ट्वान्टी सिरिजका लागि एसिया–११ को टिममा उनले विश्व–११ विरुद्ध हुने खेलका लागि प्रतिष्पर्धा गर्नेछन् । बंगलादेश क्रिकेट बोर्डले मंगलबार सार्वजनिक गरेको खेलाडी लिष्टमा एसिया–११ बाट खेल्ने उनीसहित १४ जनाको नाम सार्वजनिक गरेको हो । एसिया–११ को टिममा पर्ने सन्दीपसहित भारतका ६ खेलाडी छन् । भारतबाट विराट कोहली, केएल राहुल, शिखर धवन, ऋसभ पन्त, कुलदीप यादव र मोहम्मद सामी रहेका छन् । अन्य खेलाडीमा तिसरा परेरा, लासिथ मालिङा, रासिद खान, मजेव ए रहमान, मुस्ताफिर रहमान, तामिम एकवाल, मुस्फिकिर रहिम, लिटोन दास रहेका छन् । त्यसैगरि विश्व–११ टीमबाट एलेक्स हलेस, क्रिस गेल, डु पेलेसिस्, निकोलस पोरान, ब्रेनडन टेलर, जोनी बाईरोस्टो, किरोन पोर्लाड,आदिल रशिद, शेल्डन कोटरल, लुंगी एनगिडी, एन्ड्र्यू टाय, मिशेल म्याक्लेनाघन रहेका छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!