रविन राई र रतुवामाई नगरको सम्वन्ध

नगर प्रमुुखको उम्मेदवारीमा उनको बढी चर्चा परिचर्चा हुनु स्वभाविकै हो

हिपमत डटकम

सोमबार, बैशाख ०५, २०७९ || 509  पटक पढिएको

रतुवामाई । रविन राई रतुवामाई नगरपालिकाको नगर प्रमुख । सबैविच परिचित ब्यक्ति । नगरमा अरुको भन्दा नगर प्रमुुखको उम्मेदवारीमा उनको बढी चर्चा परिचर्चा हुनु स्वभाविकै हो । तर पनि पुनः नगर प्रमुख हुनुपर्छ भन्ने जनमानसको निर्कोलमा त्यस्तो के छ ? यो हामीविच एउटा सोचनिय प्रश्न बनेको छ ।

विद्यार्थी राजनीतिकदेखि नेपाली कांग्रेसमा आफ्नो लामो राजनीतिक यात्रा तय गरेर रतुवामाई नगरपालिकाको प्रमुखको हौसियतमा जनप्रतिनिधिको नेतृत्व गरिराखेका राईलाई राजनीतिक दृष्टिकोणको परिवेशमा नमुछेर मात्रै जनप्रतिनिधिको हैसियतले मूल्याकंन पनि त गर्न सकिन्छ । र यसरी मूल्याकंन गर्ने हो भने, आर्थिक,श्रोतका अति विपन्न गाउँपालिकाहरुलाई समेटेर बनेको यो नूतन रतुवामाई नगरपालिकाले यो अवस्था सम्म विकासका हरेक पक्षमा के कति छलाङ्ग माह्यो ? यो पनि सोचनिय पक्ष हो ।

मोरङकै धेरै क्षेत्रफल ओगटेको एक मात्र यो रतुवामाई नगरपालिकाभित्र उत्तर दक्षिणको उर्लावारीदेखि आपगाछीसम्म पिच बाटो भएको एक मात्र राजमार्ग थियो । त्यो पनि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा बनेको थियो । त्यस पछि सडक, पुलको निर्माण कार्य लगभग ठप्पै भएको हामीले महसुस गरेकै कुरा हो ।

जव रतुवामाईको नामबाट नयाँ नगरपालिकाको नयाँ नेतृत्वमा नगर प्रमखको रुपमा रविन राई आए, तव नगरको आर्थिक श्रोत लगभग सून्य नै जस्तो थियो । नगरमा त्यस्तो ठुलो कुनै उद्योग,कलकारखानहरु छैनन् । नितान्त गाउँबाट विस्तारै सहरिकरण हुँदै छ । यो अवस्थामा यति ठुलो नगरपालिकाको नेतृत्व गर्नु चानचुने कुरा पनि होइन । यस्तो अवस्थामा नगरको ब्यक्तिगत पहल र समस्त नगरवासीहरुको सहयोगले भैतिक, सामाजिक, शिक्षा, खेलकूद र स्वास्थ्यमा निकै अगाडि बढ्दै आएको सबैले महसुस गर्दै आएका छौ । लगभग सबै वडामा सडक, पुल, बत्ति, स्वास्थ्य चौकी र स्कूलहरुको विकास र विस्तार भैराखेको नै छ । सामाजिकरुपमा कुनै जातजाति र वर्गको भेदभावविना जनताले पाउँनुपर्ने सुविधाबाट नगरवासीहरु बञ्चित नहुन भनि राई जनताको “घर दैलो अभियानमा” जुटेको हामीले देखिराखेका छौ ।

बिकाशोन्मुख अवस्थामा रहेको यो नगरपालिकामा विश्व महामारीको अवस्थामा फैलिएको कोरोना भाईरसले पनि ठूलो चुनौति थपिदियो । जसका कारण नगरमा एक किशिमको विकारल स्थितिको सृजना भयो । यस्तो अवस्थामा जनताको ज्यान र स्वास्थ्यको सुरक्षाको लागि नगरमानै छुट्टै कोभिड अस्पताल खोलियो । यस सुविधालाई फराकिलो बनाउँने क्रममा वडामा पनि विस्तार गरियो । यसरी नगरवासीको स्वास्थ्य सेवाका लागि खटिदा राई आफै पनि कोभिडबाट अछुतो रहेनन् ।
यसरी नगरबासी र नगरको लागि नयाँ सोच र नयाँ उमंग बोकेर हिडेका रविन राई युवा बर्ग र विद्यार्थीहरुमा पनि उत्तिकै लोकप्रिय र आदरणीय ब्यक्तित्व बनेका छन । शिक्षा र खेलकूदबीचको सम्वन्धले युवा बर्गमा पर्ने मानसिक र शारीरिक स्वास्थ्यले अझ उर्जा दिन्छ भन्ने उदेश्यले राईले “खेलकूद नगर”को रुपमा हेरेका छन । नगरमा रहेका सबै वर्गलाई समानरुपले हेर्ने राई आदिवासी, जनजाति र विपन्न दलित वर्गप्रति शिक्षा, स्वास्थ्यमा बढी प्राथमिकता दिदै आएको पनि हामी विधितै छौ ।

हरेक कामको सरुवात सँगसँगै नेतृत्व पनि उत्तिकै गाह्रो कुरा हो । यसमा अलिकति पनि विचलित नभई धर्य र गौरवकासाँथ नगरको उन्नति र समृद्धिका लागि लागिपरेका रविन राईको योगदानलाई कुल्चिएर राजनीतिकरुपमा अवमूल्याकंन गर्नु अनुचित हुन्छ ।

आफुले बनाएका विकासका गोरेटाहरुमा हिड्दा उनलाई जति हेक्का,अनुभव र सहज हुन्छ, अरु नयाँलाई त्यो विकासको यात्रामा पक्कै पनि सहज नहोला । पुरा हुनुपर्ने धेरै अधुरा कामहरुले भने जस्तो पूर्णता पाउँन नसक्ला । यी यस्ता विविध कारणले होला सायद, पुनः राईनै नगर प्रमखुको नेतृत्वमा आउँनुपर्छ भन्ने जनमानसको निर्कोल होला ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!