रबिन्द्र बराल

सोमबार, चैत्र २८, २०७८ || 524  पटक पढिएको

रंगेली। स्थानीय निकायकाे निर्वाचन नजिकिदै जाँदा माेरङमा जिल्ला सुरक्षा समितिले सिमा क्षेत्रमा रहेका ७० बटा भन्दा बढी मतदान केन्द्रको अनुगमन गरेको छ ।

सुरक्षा समिति माेरङले सिमाक्षेत्रमा रहेका मतदान केन्द्र हरुको अनुगमन गरेकाे हाे । मतदान केन्द्र र स्थलको पछिल्लो अवस्थाबारेमा जानकारी लिनकालागि जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, नेपाली सेना थलाहाका प्रमुख सेनानी अमृत थापा मगर , जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइराला , ससस्त्र प्रहरी बल मोरङका प्रमुख राजकुमार लामिछाने, राष्ट्रिय अनुसन्धानका उप निर्देशक वासुदेव सिग्देल , ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्का , ससस्त्र प्रहरी बिओपि रंगेलीका कमल बहादुर अधिकारी लगायत काे अनुगमन टाेलिले निरिक्षण गरेका थिए ।

अनुगमनमा रंगेली नगरपालिका , धनपालथान गाउँ पालिका, सुनवर्सि नगरपालिका , जहदा गाउँपालिका लगायत सिमाबर्ति क्षेत्रमा निरिक्षण गरेका हुन । उन हरु माेरङकाे सिमाबर्ति क्षेत्रमा रहेका आदर्श माध्यमिक बिधालय , अभिजित प्राथमिक बिधालय ,निचामारी प्राथमिक बिधालय , जनता माध्यमिक बिधालय ,पव्लिक उच्च माध्यमिक बिधालय लगायतका बिधालयहरुकाे अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले हिपमत डटकमलाई बताए ।

मतदान केन्द्रलाई तीन भागमा बिभाजन समेत गरेका छन् । अति समंवेदन शील, समवेदन शील र सामान्य गरि तीन भागमा बिभाजन गरिएको छ । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार मतदान गर्नका लागि मतदान केन्द्र र मतदान स्थलमा आवश्यक पूर्वाधारको अवस्था केही राम्रो र केहिमा सुधार्नेका लागि सम्बन्धित पालिकाहरुलाई समेत जानकारी समेत गराएकाे बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!