बिराटनगर। नासा ईन्भेष्टमेन्ट प्रा.लि.ले आफ्नो दोस्रो सेवा केन्द्र सुनसरीको देवानगंजमा विस्तार गरेको छ । एक कार्यक्रमको आयोजना गरि नासाले सुनसरीमा आफ्नो सेवा केन्द्र उद्घाटन गरेको हो ।

नेपाल स्टक एक्सचेञ्ज ( नेप्से ) का पूर्व कार्यकारी अधिकृत चन्द्र सिंह साउतले रिवन काटेर सुनसरीको दोस्रो सेवा केन्द्रको उद्घाटन गरेको थियो। यहि गत चैत्र २५ गते सुनसरीको सदरमकाम इनरुवामा पहिलो सेवा केन्द्र उद्घाटन गरेको नासा ईन्भेष्टमेन्ट प्रा .लि . का प्रमुख अरबिन्द मेहताले बताए ।

मेहताका अनुसार विराटनगरलाई केन्द्र बनाएर विभिन्न क्षेत्रमा सेवा दिदै आएको नासा ईन्भेष्टमेन्ट प्रा.लि. ले सुनसरीको दक्षिण सिमावर्ती क्षेत्रका सेवाग्राहीको सहजताका लागि देवानगंजमा दोस्रो शाखा कार्यालय र सदरमकाम इनरुवामा पहिलो शाखा कार्यालय संचालनमा ल्याइएको बताए । आगामी दिनहरुमा अरु ठाउँमा शाखा कार्यालय संचालनमा ल्याउने उनले बताए ।

कार्यकर्ममा श्री कृष्ण मा.वि. का प्रधानध्यापक उमेश प्रसाद मेहता श्री मा. वि. देवानगंजका पूर्व प्रधानध्यापक रामेश्वर मेहता देवानगंज गाउँ पालिका वडा नम्बर २ का अध्यक्ष मज्लुम मिया , वडा नम्बर ७ का बद्रि प्रसाद यादव समाज सेवी किसुनदेव मेहता , अशोक मेहता हरिनन्दन मेहता लगायतका उपस्थिति रहेको थियो |

साखा कार्यालय उदघाटन संगै विभिन्न चर्चित लकाराकरहरुले आफ्नो प्रस्तुति दिदै दर्शकहरुको मन समेत जितेका थिए। कार्यक्रममा बरिष्ठ गायक रामा मण्डल ,गायकहरु प्रवलदीप बिश्वाश ,नितिन गजुरेल ,प्रकाश अनुराग तथा अन्य कलाकारहरुले आफ्नो दमदार प्रस्तुति दिएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!