हिपमत डटकम

शनिबार, चैत्र २६, २०७८ || 989  पटक पढिएको

बिराटनगर। भारतको देहरादुन स्थित विश्व प्रसिद्ध दून स्कुलमा नेपालबाट पहिलो नेपाली राघव मुन्दडा स्कुल क्याप्टेन भएर नेपालको नाम राखेका छन्। बिराटनगरका उधोगी मुन्दडा परिवारका सदस्य राघव मुन्दडा २०२२ देखि २०२३ सम्मका लागि कडा प्रतिश्पर्धाबाट स्कुल क्याप्टेनमा छनोट भएका छन्।

सानै उमेरबाट लगनशिल र प्रतिभावान रहेका राघवले प्राथमिक तहसम्म बिराटनगरस्थित दिल्ली पब्लिक स्कुलमा उनले शिक्षा लिए। हाल दून स्कुल देहरादुनमा १२ मा अध्यनरत राघव हजारौ विद्यार्थी मध्ये विभिन्न प्रतिस्पर्ध गर्दै बिद्यालयमा उत्कृष्ट हुदै स्कुल क्याप्टेन भएको पोष्ट दून स्कुलले आफ्नो अफ़िसियल पेजमा प्रकाशित गरेका छन्।

भारतको देहरादुन स्थित दून स्कुल विश्व प्रसिद्ध रहेको छ। यसको इतिहास पल्टाएर हेर्ने हो भने विश्वका धेरै चर्चित व्यक्तिहरुले यस स्कुलमा नै अध्ययन गरेको रेकर्ड छ। चर्चित भारतीय कलाकारदेखि चर्चित राजनीतिज्ञहरुले समेत यस स्कुलमा नै अध्ययन गरेको स्कुलले बताएको छ।

हिन्दि सिनेमाका सुपर स्टार नायक अमिताब बच्चन पनि यहि स्कुलमा अध्ययन गरेर शिक्षा हासिल गरेका हुन्। उनले आफ्नो अभिनय कलाले विश्वभरका व्यक्तिहरुको मन जित्न सफल भएका छन्। यसै बिधालयमा भारतिया काङ्ग्रेस पार्टीका नेता तथा भारतका पुर्व प्रधानमन्त्री राजिव गान्धीले समेत यहि बिधालयबाट शिक्षा हासिल गरेका थिए।

महानायक अमिताब बच्चन पुर्व प्रधानमन्त्री राजिव गान्धी लगायतले अध्ययन गरेको स्कुलमा नेपालबाट अध्ययन गर्ने मेरो छोरा स्कुलको क्याप्टेन हुदा म र मेरो परिवारको सबै सदस्य हर्षित भएका छौ उनका बुवा सफल उधोगपति प्रकाश मुन्दडाले हिपमत डटकमलाई बताए। यो अवसर नेपालबाट अध्ययन गर्ने पहिलो व्यक्तिको रुपमा मेरो छोराले पाएको छ। बाबुको अझ प्रगतिको कामना गर्दछु मुन्दडाले भाबुक हुदै भने।

सामाजिक क्षेत्रमा निकै नै सक्रिय मुन्दडा परिवारका सदस्य समाजसेवी बेनीगोपाल मुन्दडाले भने यो हाम्रो परिवार लगायत बिराटनगरवासी समाज र देशकै लागि गौरबको कुरा हो।

राघवका हजुरबुवा स्वेच्छिक सामाजिक कार्यकर्ता देव किशन मुन्दडाले मुस्कुरौदै भने – म पनि मेरो स्कुल कालमा सत्यनारायण स्कुलको क्याप्टेन थिए। अहिले समय परिवर्तन भयो नातिले यसरि भारतमा आफ्नो परिवार र देशको नाम राखेकोमा धेरै खुसि लागेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!