प्रधानमन्त्रीको स्वास्थ्यको कारण प्रचण्डको चीन भ्रमण स्थगित

हिपमत खबर  सोमबार, १६ मङि्सर, २०७६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार जारी रहेको कारण नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डको चीन भ्रमण स्थगित भएको छ ।

आइतबार प्रधानमन्त्री ओलीसँग भेट गरेका प्रचण्डले सोमबार भ्रमण स्थगित गरेका हुन् । उनले चिनियाँ राजदूतलाई भ्रमणमा जान नसक्ने बताएका छन् ।

नेकपा अध्यक्ष प्रचण्ड ६० सदस्यीय नेकपाका नेताहरुको टोलीको नेतृत्व गर्दै २४ मंसिरमा चीन जाने कार्यक्रम थियो । चिनियाँ कम्युनिष्ट पार्टीका नेताको अनुभव सुन्ने र एक साताभन्दा बढी विभिन्न अवलोकनहरु गर्ने तय भएपनि हाललाई स्थगित गर्नु परेको श्रोतले जनाएको छ ।

नेकपाका नेताहरुबीच उनले छलफल गरेर चीन भ्रमण स्थगित गर्ने निर्णय गरेका हुन् । प्रधानमन्त्री ओली उपचारको क्रममा अस्पतालमा रहेको हुनाले यो बेला भ्रमणमा जान उपयुक्त नरहेको प्रचण्डले चिनियाँ राजदूतलाई परिस्थितिबारे जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!