बिहीबार सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार कायम भएको छ । यसअघि, मंगलबार सुन तोलाको ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच निर्धारण भएको छ ।
चाँदीको भाउ भने एक रुपैयाँले घटेको छ। बुधबार एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ३४ रुपैयाँ निर्धारण भएको छ ।