हिपमत डटकम

मंगलबार, चैत्र २२, २०७८ || 430  पटक पढिएको

केही दिन यता लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से मंगलबार पनि घटेको छ । आज नेप्से सूचक थप ४६.४६ अंकले घट्दै २४ सय ५२.०६ अंकमा झरेको हो ।

यस दिन होटल तथा पर्यटन समूहको उपसूचक बाहेक अन्य सबै सूचकहरु ऋणात्मक (नेगेटिभ) भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार आज यस समूहको उपसूचक ०.५ प्रतिशतले मात्र बढेको छ ।

अन्यमा सबैभन्दा बढी आदर्श समूहको सूचक आज अधिकतम ३.६६ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूहको २.९१ प्रतिशतले र फाइनान्स समूहको २.७२ अंकले घटेको छ ।
यस्तै हाइड्रोपावर समूहको सूचक २.१ प्रतिशतले घटेको आज ट्रेड र बैंकिङ समूहको क्रमशः १.८६ प्रतिशत र १.१५ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

यस दिन दुई वटा लघुवित्त कम्पनी नेष्ठो र राष्ट्रिय उत्थानको सेयर मूल्यमा सर्किट लागेको छ भने यता इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य १० प्रतिशतले नै गुमेको छ । ४६ अंकमाथिले घटेको बजारमा आज २ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!