राम प्रेम यादब

बिहिबार, चैत्र १७, २०७८ || 1428  पटक पढिएको

मोरङ। मोरङको सुनवर्षी नगरपालिकामा भावी नेतृत्वबारे चासो र चर्चा हुन थालेको छ । नेपाली कांग्रेसको प्रभाव रहेको सो नगरपालिकामा नेपाली कांग्रेसबाट टिकटकालागि दजनौं सम्भावित उम्मेदवारहरु नेताहरु केन्दिय नेताहरु नियमित सम्पर्कमा छन्।

नेपाली कांग्रेसबाट दर्जनौ उम्मेदवारले ईच्छा देखाएपनि २६ बर्षीय बीरेन्द्रकुमार साहको नाम मेयरको रुपमा सर्वाधिक चर्चामा छ। साह हाल नेपाली कांग्रेसबाट मुलुककै सम्भवत कान्छो जिल्ला सदस्य खुल्लातर्फ अत्याधिक मतका साथ नेपाली काङ्ग्रेस मोरंगको जिल्ला सदस्यमा निर्वाचित भएका छन्। उनि गाउदेखि सहरसम्म सबैका प्रिय पात्रका रुपमा आफुलाई स्थापित गरेका छन्।

धार्मिक, सामाजिक कार्यमा निकै अब्बल देखिएका उनि विपन्न र पीडामा रहेका व्यक्तिहरुलाई तत्कालै सहयोग गर्दै आएका छन्। पच्छिल्लो समय कसैलाई केहि समस्या पर्यो भने प्राय साहलाई नै सम्झने गरेका छन् साह सुनवर्षी नगरपालिका भित्रमात्रहोईन बहिरा पनि लोकप्रिय छन् । पत्रकार समेत रहेका २६ बर्षीय युवा नेता साहको बारेमा धेरै पहिला देखि नै बिभिन्न मिडीयामा सुनवर्षी नगरपालिकाको मेयरमा बीरेन्द्रकुमार साहको चर्चा भनेर समाचारहरु प्रकाशन प्रशारण हुदै आएको छ।

अन्य नेताहरु जस्तो चुनाव आउदा मात्र होईन साह स्थानिय, पार्टीको नेता कार्यकर्ता तथा आम नागरिकसंग दिनहँु भेटघाट गर्ने, पिडीतहरुलाई सहयोग गर्ने जस्ता कार्य गर्दै आईरहेका छन् । उनको लोकप्रियता देखेर पार्टीभित्र पनि आगामी मेयरकोलागी उनको नाम चर्चामा आएको छ । उनलाई स्थानिय नेता, कार्यकर्ता तथा आम नागरिकहरुले अबको सुुनवर्षी नगरपालिकाको मेयको रुपमा उम्मेदवारि दिनु पर्नेमा जोड दिएका छन् ।

साहको नाम मेयरको रुपमा चर्चामा आएपछि हामीले उनीसंग कुरा गर्दा उनले भने यदी पार्टीले मलाई बिश्वाश गरेर सुनवर्षी नगरपालिकाको मेयरको रुपमा टिकट दिएमा म मेयरको उम्मेदवारी दिन पुर्ण रुपमा तयार छु । पार्टीले मलाई टिकट दिएमा सुनवर्षी नगरपालिकाका सम्पूर्ण नागरिकहरुले अवश्य मलाई सेवा गर्ने मौका दिनु हुने छ। म तँ मन धन सबै लगाएर सुनवर्षी नगरपालिकाको जनताको हितकोलागि सदैव काम गर्ने छु। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर हामीले काम गर्नु पर्छ। नगरको जनताको जीवन स्तर सुधार गर्ने जिम्मा पनि सम्पूर्ण राजनीतिक दल कै हो जनप्रतिनिधिकै हो यस बिषयमा गम्भिर रुपमा मनन गर्न आवश्यक छ।

 

विरेन्द्रको राजनीतिक यात्रा

वि।सं २०५२ साल चैत्र २२ गते मोरंगको साविक अमरदह गाबिस वडा नम्बर २ सुगामा जन्मेका विरेन्द्र कक्षा ६ देखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका छन् । प्रखर बक्ताका रुपमा सानैदेखि आफ्नो छबि बनाएका बीरेन्द्रलाई नेपालि काँग्रेसका नेताहरुले अमरदह स्थित श्री बीरेन्द्र सार्वजानिक मा वि को नेवि संघ सचिबमा मनोनित गरेका थिए । उनी त्यतीबेला हसन्दह बाल क्लबका अध्यक्ष रहेका थिए ।

सानै उमेर देखि सामाजिक कार्यमा सक्रिय रहेका विरेन्द्र नेबि संघमा रहँदा बिद्यार्थिहरुको असल नेताको रुपमा आफ्नो छबि बनाउन सफल भए । आफु स्कुलमा पढ्दा पनि क्याम्पस पढ्ने बिद्यार्थीहरुको समस्या समाधान गर्ने गरेको उनको नजिकको साथीभाईले बताए।

उनी कक्षा ८ मा पढ्दा नेविसंघ मोरङ क्षेत्र -२ को क्षेत्रीय सचिवमा समेत निर्वाचित भएका थिए । आफ्नो विचार राख्ने कुशलता र भाषणकलाले लोकप्रियता पाएका विरेन्द्र कक्षा ९ मा पढ्दा नेपालि काँग्रेस अमरदहको क्रियासिल सदस्यको मान्यता पाए । किशोरा अवस्था देखि नै पार्टीको क्रियासिल सदस्यता पाएका विरेन्द्र कक्षा १० मा पढ्दा नेपालि काँग्रेस अमरदह गाबिसको सह–सचिबमा मनोनित भए । नेता तथा कार्यकर्ताबीच लोकप्रिय रहेका विरेन्द्र स्थानिय राजनीतिमा आफ्नो प्रभाव जमाउन सफल भए । उनी सह–सचिब भएपनि सचिब सरह नै हरेक कार्यक्रम संचालन गर्थे । तत्कालिन अमरदह गाविस सुनवर्षी नगरपालिकामा परिणत भएपश्चात नगर सचिव भएर काम गर्ने अवसर उनले प्राप्त गरेका थिए । बीरेन्द्र अहिले नेपाली काङ्ग्रेस मोरङ जिल्ला कार्य समितिको निर्वाचित सदस्य पनि हुन्। उनि जिल्ला सदस्य भएदेखि नै पार्टीको हरेक गतिविधिमा उनि सक्रिय छन्। हाल उनलाई पार्टी नेतृत्वले रतुवामाई नगरपालिका वडा न -९ मा जिल्ला प्रतिनिधिको रुपमा खटाएका छन्। उनी दर्जनौं संघ–संस्थामा समेत आबद्ध रहेर सामाजिक कार्यहरु गरिरहेका छन्।

बिराटनगरलाई केन्द्र बनाएका विरेन्द्र पत्रकारिकता संगै राजनीति र समाज सेवामा समेत सक्रिय रहेका छन् । कोमल हृदय भएका विरेन्द्र समाज सेवामा समर्पित रहेका छन् । सहयोगी भावना र समाजका लागि केही गर्ने दृढ इच्छा शक्ति भएकाले नै उनी समस्यामा परेकाहरुलाई यथा सम्भव सहयोग गर्दै आइरहेका छन् । आफ्नो गाउँ क्षेत्र वाहेक बाहिरी जिल्ला र प्रदेशकाहरुलाई समेत विरेन्द्रले सहयोग गरेका उनका निकटतम साथीहरुले बताए ।

कोरोना महामारिको विषम परिस्थितीमा समेत अफ्नो ज्यानको प्रवाह नगरी समस्यामा परेकाहरुलाई साहले सहयोग गरेका छन् । उनले लकडाउन अवधिमा मात्र नभई अन्य समयमा समेत स्वास्थ्य समस्या भएकाहरुको लगि एम्बुलेन्स व्यवस्थापन देखि अस्पताल भर्ना, रगतको व्यवस्था, चिकित्सक परामर्श सहितको कार्यमा आफ्नो तत्परता देखाउँदै आइरहेको छन् । उनले उपचारको लागि आर्थिक अभाव भएकाहरुको लागि आर्थिक सहयोग समेत उपलब्ध गराएका छन् । विरेन्द्र कयान्सर पिडीतलाई बिराटनगर देखि काठमान्डौं सम्म लगेर निशुल्क उपचार समेत गराएका हुन् ।

सुनवर्षि नगरपालिकाको बालबालिका देखि लिएर युवा, वृद्ध, महिला समेत हरेक जातजातिका सबै उमेर समूहका ब्यक्तिहरु माझ सामाजिक कार्य र सहयोगि मनका कारण उनी लोकप्रिय बनेका छन् । बीरेन्द्र सानैदेखि आफ्नो क्षेत्रमा दुःखमा परेका बिरामिहरुलाई निःशुल्क उपचार गराउन देखि आर्थिक सहयोग सहित अन्य सहयोगमा समेत अग्रस्थानमा उभिएका छन् ।

 

बीरेन्द्रले भने   हामि कसको लागी राजनीति गर्दै छौ ?केकालागि राजनीति गर्दै छौ ?यो बिषयमा स्पष्ट हुन जरुरि छ। जुनकुनै दलबाट राजनीति गर्दा पनि देश र जनताको हितलाई प्राथमिकतामा राखेर काम गर्नु पर्छ। ब्यक्तिगत स्वार्थलाई त्यागेर जनताको जीवन स्तर सुधार हुने कामहरु गर्नु पर्छ जनताको भलाईकोलागि राजनीति गर्नु पर्छ ,देश र जनताको हितमा काम गर्नु पर्छ। म सबै दलका नेता तथा कार्यकर्तासंग बस यही अनुरोध गर्दछु। पद पाएपछि मात्र होईन पदमा नहुदा पनि जनताको दुख सुखमा साथ दिनु पर्छ। समस्या परेको समयमा उहाहरुको पिडामा मलहम लगाउनु पर्छ सेवा गर्न पद नै चाहिदैन मन हुनु पर्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!