सन्तोष कुमार बास्तोला

शुक्रबार, चैत्र ११, २०७८ || 588  पटक पढिएको

बिराटनगर। बुबा आमा र एक छोरि खुसि सानो शान्त परिवार अनि अचानक एउटा फोन कलले टुटाएको सम्बन्ध। आमा बिरामी छन् भन्ने बहानामा घर अगाडी गाडीमा चडाएर फिल्मी शैलीमा अपहरण गरेर ८ महिनाबाट लापता बनाएको घटना सुन्दा कुनै फिल्मको घटना लाग्न सक्ला तर यो घटना बास्तविक हो र घटनाका पात्र पनि वास्तविक हुन्।

मोरङको बिराटनगर -१५ स्थित रानी घर भएका अमित कुमार शाह बिगत ८ महिनादेखि आफ्नो श्रीमती र छोरिको तलाशमा प्रहरी र प्रसाशनमा आफ्नो घुडा पिल्साई रहेका छन्। प्रेमपछि शाहले २४ बर्सिय फिजा फरिन संग अन्तर जातीय बिवाह गरेर छिमेकि राष्ट्र भारतबाट भागेर नेपाल ल्याएका थिए।

विबाहपछि उनिहरुको सम्बन्ध सुमधुर थियो उनिहरुको घरमा एक सन्तानको जन्म समेत भयो। तर फिजा फरिनको माइती तर्फबाट बारम्बार धम्कि र छोरि फिर्ता गर्न दबाब आइ रह्यो अमित कुमार शाहले बारम्बार धम्कि आउन थाले पछि जिल्ला प्रशासनमा सुरक्षाको माग गरे ,माग पछि माइती बाट धम्कि आउन बन्द भयो। फेरि शाहको परिवारमा खुसि आयो। तर त्यो खुसि केहि धेरै दिन टिक्न सकेन।

फिजा फरिनको सम्बन्धमा मामा पर्ने भारतको अररिया जिल्ला बस्ने सुल्तान अहमदले फरिन लाई बारम्बार फोन सम्पर्क गरेर आमा बिरामी हुनुहुन्छ तिमि तुरुन्त घर आउनु पारो आएनौ भने आमाको अन्तिम मुख पनि देख्न नपाउला भनि दवाब सृजना गरे । शाहले पनि अब त सन्तान सक्यो उनिहरुको पनि मन परिवर्तन भयो होला भनि अनुमति दिए। तर अचानक आएको भारतीय नम्बर पेल्ट ४२८७ को गाडीमा आफ्नो श्रीमती र छोरिलाई हालेर लादा शाह लाई शंका लगेर गाडीको पिच्छा गर्दा गाडी भेटिएन। तर गाडीमा फिजा फरिनको बुबा,मामा र दाजु रहेको पिडित अमित कुमार शाहले हिपमत डटकमलाई बताए।

समय बित्दै जादा ससुराली पक्षबाट कुनै समाचार नआएसी पिडित अमित कुमार शाहले बारम्बार प्रशासन र प्रहरीमा आफ्नो श्रीमती र छोरिलाई फिर्ता ल्याइदिन गुहार मागे। मोरङ प्रहरीबाट गाडी नेपाल आए हामी प्रक्रिया आगाडी बढाउने आस्वासनमा ८ महिना कुरेर बसेका शाह सोमबार अपहरण गरि लाने भारतीय नम्बर पेल्ट ४२८७ को गाडी सिमा प्रहरीले पक्राउ गरेको तर चालक फरार रहेको शाहले बताए।

बिगत ८ महिनाबाट केहि काम नगरी आफ्नो श्रीमती र छोरिको खोजिमा रहेका शाह आखा भरि आसु पर्दै उनिलाई जिउदो भएनि मृत भएनी नेपाल ल्याइदिन सबैमा आनुरोध गरे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!