राम प्रेम यादब

मंगलबार, चैत्र ०१, २०७८ || 1035  पटक पढिएको

मोरगंको सुनवर्षी नगरपालिका वडा नम्बर दुई का चार जना तिन महिनादेखि दुबईमा अलपत्र परेका छन् ।

अलपत्रमा परेकाहरु सुनवर्षी २ का ३५ बर्षीय जंगला शर्मा खत्बे, २१ बर्षीय दुखीया शर्मा खत्बे, २० बर्षीय सुनिल शर्मा खत्बे र ४० बर्षीय दिनेश शर्मा खत्बे रहेका छन् ।

कतारको राम्रो कम्पनीमा काम लगाइदिन्छु भनेर पुष ७ गते काठमान्डौंबाट उनीहलाई कतार पठाएको थियो । उनीहरु कतार नपुगी दुवई पुगेका हुन् ।

ठगी गर्ने एजेन्टहरु मोरगंको सुनवर्षी नगरपालिका वडा नम्बर दुईका प्रकाश शर्मा, सुनसरी ईटहरीका रवी थापा, राजकुमार कामी र जगत कार्की रहेका छन् । उनीहरुबाट एजेनटले कतारमा राम्रो काममा लगाई दिन्छु भनेर जनही १ लाख ६५ हजार गरी जम्मा ६ लाख ६० हजार ठगी गरेका छन् ।

नेपालमा दैनिक ज्याला मजदुरी गरेर जिवीका चलाउदै आएको थियो। आर्थिक अवस्था कमजोर भएको कारण बिदेश गएर घरको आर्थिक अवस्था सुधार्ने सोचले ऋण लिइ उनीहरु बिदेश गएका थिए । अहीले तिनीहरु दुवईमा विचल्लीमा परेका छन् ।

अलपत्र परे पछी कयै दिन सम्म उनीहरु भोकै बस्न बाध्य भएको उनीहरुको आफन्तले सुनाए । एजेन्टहरुलाई फोन गर्दा फोन नउठाउने, मोवाईल अफ गर्ने र फोन नलाग्ने भएपछि तिनीहरुका आफन्त मगंलबार आज हिपमत मिडीयामा रुदै उनले आफ्नो वेदना पोखेका हुन ।

उनीहरुका आफन्तले भने हामीले ऋण लिएर बिदेश पठाएको थियौं । अब हामी संग उनीहरुलाई घर र्फकाउने अवस्था छैन । हामी के गरु न गरु जस्तो भएका छौं ।

यसै बिच घटनाको बारेमा थाह पाएपछि पत्रकार तथा समाजसेवी बिरेन्द्रकुमार साहको टोलीले उद्धारमा लागेका छन् । उनले आफ्नो ब्याक्तीगत तथा बिभिन्न संघ संस्था र ब्याक्तीहरुको सहयोगले उद्धार गर्ने बताए । समाजसेवीहरु पत्रकार बिरेन्द्रकुमार साह र ईन्जीनियर कमलेशवर ठाकुरको नेतृत्मा संचालमा रहेको सुनवर्षि सहयोग अभियानले २० हजार सहयोग गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!