नव गायक कर्साङ शेर्पाले आफ्नो डेब्यु म्युजिक भिडियो ‘दिल बस्यो’ सार्वजनिक गरेका छन् । गीतमा शब्द गणेश सुवेदीको रहेको छ भने संगीत बिक्रम थापाको रहेको छ । गीतको संगीत संयोजन विशन मानन्धरले गरेका हुन् । स्वयंम गायक कर्साङ र नायिका वर्षा सिवकोटी फ़िचर्ड म्युजिक भिडियोमा दुई जना विचको चोखो र सरल प्रेम कहानी प्रस्तुत गरिएको छ ।

उत्सव दहालले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । गायक कर्साङको कन्सेप्टमा तयार पारिएको भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् । विगत लामो समय देखि अमेरिकामा बस्दै आएका कर्साङलाई गीत संगीतमा गहिरो रुचि छ । किशोर कुमार, नारायण गोपाल , भक्त राज आचार्य , दिप श्रेष्ठको गायन कला वाट प्रभावित बताउने कर्साङले अमेरिकामा हुने विभिन्न सांगेतिक कार्यक्रममा आफ्नो सहभागिता जनाउदै आएका छन ।

हरेक नेपालीहरुमा सामाजिक सेवाको भावना हुनुपर्छ भन्ने विचार राख्ने कर्साङले यो म्युजिक भिडियो हाल अस्पतालमा उपचाररत आफ्ना भाइ टेण्डी शेर्पा ( नेपाल बास्केटबल संघका अध्यक्ष ) प्रति समर्पित गरेका छन् । गीत संगीत मार्फत आगामी दिनहरुमा नेपालको प्राकृतिक सुन्दरता, जीवनशैली, प्रेम र यथार्थापन झल्काउने म्युजिक भिडियो निर्माण गर्दै जाने गायक कर्साङले बताएका छन् । गायक कर्साङले नयाँ कलाकारलाई प्रोत्साहन गरिदिन सम्पुर्ण संगीतप्रेमी र मिडिया हाउसलाई आग्रह समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!