हिपमत डटकम

सोमबार, फाल्गुण ३०, २०७८ || 490  पटक पढिएको

सेयर बजार परिसूचक नेप्सेमा सोमबार सामान्य सुधार आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ०.१५ अंकले मात्रै बढ्दै २६ सय ६८.११ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक अधिकतम १०१ अंकले बढेको थियो । तर उच्चतम अंकले बढेको दोस्रो दिनमा नै नेप्सेमा पुन: ब्रेक लाग्न पुगेको हो ।

यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स भने ०.०५ अंकले घट्दै ५०९.८५ अंकमा झरेको छ । नेप्सेका अनुसार यस दिन बैंकिङ, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, अन्य र माइक्रोफाइनान्सको उपसूचक धनात्मक भएका छन् भने बाँकी सबै उपसूचकहरु ऋणात्मक भएका छन् ।

०.१५ अंकले मात्र बढेको बजारमा आज कारोबार रकम भने १ अर्बमा सीमित हुन पुगको छ । नेप्सेका अनुसार करिब साढे २३ लाख कित्ता सेयर बजारमा किनबेच हुँदा जम्मा एक अर्ब ३४ करोड २२ लाख रुपैयाँको मात्र कारोबार भएको हो । अघिल्लो दिन १०१ अंकले बढेको बजारमा ४ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!