पर्शुराम निरौला

आइतबार, फाल्गुण २९, २०७८ || 432  पटक पढिएको

लेटाङ। लेटाङ नगरपालिकाले ईसिफारिस सफ्टवेर सम्बन्धी तालिम सम्पन्न गरेको छ । नगरपालिका अन्तरगत वडा सचिव तथा सहायक कम्प्युटर अपरेटरलाई शनिबार एकदिने तालिम दिईएको लेटाङ नगरपालिकाका सुचना प्रविधि अधिकृत ओम प्रकाश पौडेलले जानकारी दिनुभयो ।

तालिममा वडा कार्यालय र शाखा बाट गरिने सिफारिसहरु सफ्टवेर वाट सृजना गर्ने र त्यसको अभिलेख समेत अनलाईनमै राख्ने गरिको कार्य गर्नका लागि यो तालिम दिईएको पौडेलले जानकारी दिनभयो ।

तालिम नगरपालिकाका २५ जना कर्मचारी सहभागि थिए । तालिम सुचना अधिकृत पौडल सहित सिलकन सफ्ट कम्पनीका प्रतिनीधीहरुले दिएका थिए ।

यस कार्यक्रम लागु भएपछि पहिला जस्तो टाईप गरेर सिफारिस गर्नुपर्ने अवस्था आउदैन भने हालको सफ्टवेरले विवरण भरेपछि सिफारिस आफै सृजना हुने पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार विवरण अभिलेख समेत अनलाईन हुने भएको छ । साथै अव सेवाग्राहीलाई अझै छिटो र पारदर्शि सेवा प्रदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!